काठमाडौं । गीतकार अनिल तिखत्रीलाई सर्वोत्कृष्ट लोक पप गीतकारको अवार्ड प्रदान गरिएको छ । ‘तिमीलाई हेरेर’ गीतबाट तिखत्रीलाई सर्वोत्कृष्ट लोक पप गीतकारको अवार्ड प्रदान गरिएको हाे ।
यस गीतका गायक डेविड शंकर तथा संगीतकार दीपक शर्मा, निर्देशक युवराज वाइबा, मोडेल डेविड शंकर र मिस पवि एरेन्जर पुरुषोत्तम सुवेदी रहनु भएकाे छ । त्रिखत्रीले एवार्ड पाउनुमा उहाँहरूकाे ठूलाे याेगदान भएकाे भन्दै उहाँहरूकाे स्मरण गर्नु भएकाे छ ।
उहाँलाई भाेटकाे आधारमा अवार्ड प्रदान गरिएकाे हाे ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!