धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत बाल स्वास्थ्य नर्सिङ विभागलाई शैक्षिक वर्ष २०२४ को सर्बोत्कृष्ट विभागको उपाधिले सम्मानित भएको छ ।
परिक्रमा विद्यार्थी परिवारको आयोजनामा सम्पन्न विशेष कार्यक्रममा सो सम्मान प्रदान गरिएको हो ।
विद्यार्थीहरूको प्रत्यक्ष मतदानका आधारमा प्रदान गरिएको यो सम्मान शिक्षण, मार्गदर्शन तथा विद्यार्थी–मैत्री वातावरणमा विभागले पुर्रुयाएको योगदानप्रति गरिएको उच्च कदरको रूपमा लिइएको छ । उक्त सम्मान विभाग प्रमुख प्राध्यापक उपेन्द्र यादवले ग्रहण गर्नु भएको छ । उहाँले सम्मान ग्रहण गर्दै विद्यार्थीहरूको विश्वास र माया नै विभागको सबैभन्दा ठूलो उपलब्धि भएको बताउँदै, आगामी दिनमा अझ उत्कृष्ट सेवा दिन प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गनुृ भयो ।
यस्तै उत्कृष्ट शिषककाे रुपमा प्राडा. रविन मास्के, डा. लक्ष्मण खनाल, प्राडा. मेहबुल राजेस जैसनी र रम्भा सिग्देल सम्मानित हुनु भएको छ । यस्तै
समारोहमा निमित्त उपकुलपति प्राडा. सञ्जीवकुमार शर्माले सम्मानितहरुलाई सम्मान पत्र हसतान्तरण गर्नु भएको थियो । कार्यक्रममा परीक्षा डिन प्राडा. कृष्ण पोखरेल, प्राध्यापक रमाणन्द चौधरी, शालिनी मेहता, शान्ती थिङ, क्याम्पस प्रमुखहरू, विभागीय प्रमुखहरू, शिक्षकहरु, तथा विद्यार्थीहरूको विशेष उपस्थिति रहेको थियो।