धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले प्रतिष्ठानलाई स्वास्थ्य शिक्षामा अव्वल संस्था बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
साउन २९ गते प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी ओलीबाट नियुक्ति लिएर शुक्रबार प्रतिष्ठान प्रवेश गर्नु भएका प्रा.डा. श्रेष्ठले लामो समय प्रतिष्ठानको विभिन् ओहदामा बसेर काम गरेको सिप र कौशलता प्रयोग गरेर प्रतिष्ठानमा भएका समस्या निर्मूल गरे जाने प्रतिवद्धता जनाउनु भएको छ ।
शुक्रबार पद बहाली गदैं नव नियुक्त उपकुलपति श्रेष्ठले प्रतिष्ठानका चिकित्सक, कर्मचारी, सरकारका तीन तहसँग सहकार्य गरेर संस्थालाई उचाईमा पु¥याउने आफुलाई जिम्मेवारी आएको उहाँले बताउनु भयो ।
‘सबैसँग सहकार्य गरेर प्रतिष्ठानको हितका लागि काम गरिने छ । यहाँ भएका शिक्षा, स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र स्थानीयवासीको अपेक्षा अनुरुप काम गरिने छ ।’–श्रेष्ठले भन्नु भयो–‘म यस पदमा रहेर कुनै लाभ लिनु छैन् । सरकारको नीति नियममा रहेर तीने तहका सरकारसँग सहकार्य गरेर प्रतिष्ठानलाई नमुना बनाउने मेरो प्रयत्न हुने छ ।’ प्रतिष्ठानका तीन मुख्य उद्देश्य चिकित्सा शिक्षा, स्वास्थ्य सेवा, र अनुसन्धानलाई सुदृढ बनाउनु आफ्नो प्राथमिक कार्यसूचीमा रहेको उहाँको भनाई थियो ।उहाँको पद बहाली कार्यक्रममा प्रतिष्ठानका चिकित्सक, विभागीय प्रमुख, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
उहाँले सिनियर रेसिडेन्टबाट जागिर सुरु गरेर हार्डजोर्नी विभागीय प्रमुख र शिक्षाध्यक्षको जिम्मेबारी कुसलतापूर्ण निर्वाह गर्नु भएको छ । धरानको मोटोमा हुर्किएका प्रा.डा. श्रेष्ठको जिम्मेवारी प्रति स्थानीयवासीसमेत आशावादी बनेका छन् ।