धरान / धरानस्थित यूएन नवोदय कलेजले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ को भर्ना खुला गर्दै व्यवहारिक, रोजगारमुखी तथा प्रविधिमैत्री शिक्षामा केन्द्रित विभिन्न नयाँ कार्यक्रम सार्वजनिक गरेको छ ।
कलेजले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले विद्यार्थीलाई आत्मनिर्भर र विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्ति बनाउने उद्देश्यसहित नयाँ योजनाहरू अघि सारिएको जानकारी दिनुभयो ।
शिक्षाको गुणस्तर कायम गर्न यस वर्षदेखि कक्षा ११ मा सीमित कोटा प्रणाली लागू गरिएको कलेजले जनाएको छ । सोअनुसार होटल म्यानेजमेन्टमा १४०, विज्ञान र कम्प्युटर विज्ञानमा ७०–७० तथा व्यवस्थापन सङ्कायमा ३५ जना विद्यार्थी मात्र भर्ना गरिनेछ । भर्नाका लागि जेठ ११ गते लिखित प्रवेश परीक्षा तथा अन्तर्वार्ताको व्यवस्था गरिएको छ ।
कलेजले जेहेन्दार तथा प्रतिभावान विद्यार्थीका लागि आकर्षक छात्रवृत्ति प्याकेज घोषणा गरेको छ । माध्यमिक शिक्षा परीक्षा ९क्भ्भ्० मा ३।६१ देखि ४।० जीपीए हासिल गर्ने विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरिने जनाइएको छ । उक्त छात्रवृत्तिअन्तर्गत भर्ना शुल्क, मासिक शुल्क, वार्षिक शुल्क तथा प्रयोगात्मक शुल्कसमेत पूर्ण रूपमा निःशुल्क हुनेछ ।
त्यसैगरी खेलकुद, सङ्गीत, नृत्य तथा वक्तृत्वकलाजस्ता अतिरिक्त क्रियाकलापमा नगर, जिल्ला, प्रदेश वा राष्ट्रियस्तरमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पनि विशेष छात्रवृत्ति उपलब्ध गराइने कलेजले जनाएको छ ।
कलेजले यस वर्ष भौतिक पूर्वाधार तथा प्रयोगशालाको स्तरोन्नतिका लागि एक करोड रुपियाँभन्दा बढी लगानी गरेको जनाएको छ । सो लगानीबाट अत्याधुनिक प्रविधिमैत्री कक्षाकोठा तथा प्रयोगशाला निर्माण गरिएको छ ।
विशेषगरी होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी कलेजले व्यवहारिक सिकाइमा जोड दिएको छ । कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई निःशुल्क बारिष्टा तालिम प्रदान गरिनेछ भने प्लस टु अध्ययनपछि सोही कलेजमा बीएचएम अध्ययन गर्ने विद्यार्थीलाई ५५ हजार रुपियाँभन्दा बढी मूल्यको ब्रान्डेड ल्यापटप निःशुल्क उपलब्ध गराइने कलेजले जनाएको छ ।
कलेजद्वारा सञ्चालित व्यावसायिक रेष्टुरेन्ट तथा बेकरी आउटलेटमार्फत विद्यार्थीलाई “भ्बचल ध्जष्भि थ्यग ीभबचल” अवधारणाअनुसार पढ्दै कमाउने अवसरसमेत प्रदान गरिने भएको छ ।
प्रिन्सिपल तुम्बापोका अनुसार बीएचएम अध्ययनरत विद्यार्थीलाई फ्रान्स, दुबई, कतार तथा हङकङका स्टार होटलहरूमा सशुल्क इन्टर्नसिपका लागि पठाउने गरिएको छ । उहाँले त्यस्ता अवसरमार्फत कतिपय विद्यार्थीले आफ्नो चार वर्षसम्मको अध्ययन खर्च एकै वर्षमा जुटाउन सफल भएको बताउनुभयो ।
सूचना प्रविधिको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै कलेजले डिजिटल साक्षरता तथा आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० सम्बन्धी विशेष कक्षा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक रूपमा विपन्न तथा अल्पसंख्यक समुदायका विद्यार्थीलाई निःशुल्क शिक्षाको अवसर उपलब्ध गराउँदै आएको कलेजले जनाएको छ ।
धरान बाहिरका इटहरी, बक्लौरी तथा गछियालगायत क्षेत्रबाट आउने विद्यार्थीका लागि बस सेवाको व्यवस्था गरिएको छ भने टाढाबाट आउने विद्यार्थीका लागि सुविधासम्पन्न छात्रावासको व्यवस्था गरिएको कलेज प्रशासनले जनाएको छ ।



















