धरान । डिपो माध्यमिक विद्यालय धरान–१८ले आयोजना गरेको पाँचौं अन्तरविद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगिता अन्तर्गत शनिबार भएका चार खेलमा सुनाखरी एकाडेमी, प्रभात इङ्लिस बोर्डिङ स्कुल, पाराडाइज बोर्डिङ स्कुल र चिल्ड्रेन्स एकाडेमी विजयी भएका छन्।
पहिलो खेलमा सुनाखरी एकाडेमीले युनाइटेड गोर्खा एकाडेमीलाई २२–१५ अंकले पराजित गर्यो। सुनाखरीले खेलका चार क्वाटरमा क्रमशः ७–५, ६–६, ४–२ र ५–२ को प्रदर्शन गरेको थियो। विजयी टोलीका बसन्त राई ‘म्यान अफ द म्याच’ घोषित हुनजु भयो ।
दोस्रो खेलमा प्रभात इङ्लिस बोर्डिङ स्कुलले समिट सेकेण्डरी स्कुललाई ३०–२४ अंकले हरायो। प्रभातले ६–०, ७–८, १३–११ र ४–५ को नतिजासहित खेल आफ्नो पक्षमा पार्यो। प्रभातका साइमान विक ‘म्यान अफ द म्या’ु घोषित हुनु भयो ।
तेस्रो खेलमा पाराडाइज बोर्डिङ स्कुल, तरहराले माउन्ट हर्मन एकाडेमी, धरानमाथि एकतर्फी दबाब बनाउँदै ५५–९ अंकको फराकिलो जित निकाल्यो। पाराडाइजले २५–७, ६–२, १७–० र ७–२ को अग्रता कायम राख्दै सहज जित दर्ता गर्यो। पाराडाइजका रितिक साह ‘म्यान अफ द म्याच’ चुनिए।
दिनको अन्तिम खेलमा चिल्ड्रेन्स एकाडेमी, धरानले इस्ट होराइजन, झापालाई ३०–१७ अंकले पराजित गर्यो। चिल्ड्रेन्सले ७–२, ७–४, ९–६ र ७–६ को प्रदर्शन गर्दै जित सुनिश्चित गरेको थियो। विजयी टोलीका प्रकुस तामाङ ‘म्यान अफ द म्याच’ घोषित हुनु भयो ।
कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित प्रतियोगितामा मोरङ, सुनसरी र झापाका १६ विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेता टोलीले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। प्रतियोगिताका उत्कृष्ट खेलाडी, उच्च स्कोरर र राइजिङ प्लेयरलाई पनि ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ।
डिपो माध्यमिक विद्यालयका पूर्वअध्यक्ष तथा डिपोट सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष स्वर्गीय मेजर श्रवणकुमार लिम्बूको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो।



















