काठमाडौँ / विदेशबाट श्रम गरेर नेपाल फर्केका कामदारलाई आल्मुनियम फेब्रिकेटर र इलेक्ट्रिसियन पुनर्ताजगी तालीम दिइएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको आर्थिक सहयोगमा नेपाल निर्माण व्यवसायी महासंघको आयोजना र इन्द्रेणी पोलिटेक्निक इन्स्टिच्युटको व्यवस्थापनमा उक्त तालीम प्रदान गरिएको हो ।
झापाको दमक र मोरङको राधानगरमा कात्तिक ३० गतेदेखि सञ्चालन भएको सो तालीममा इलेक्ट्रिसियनतर्फ १६ र आल्मुनियम फेब्रिकेटरतर्फ २४ जनाको सहभागिता थियो । समापन कार्यक्रममा महासंघका उपाध्यक्ष, अनुसन्धान तालीम तथा विकास समितिका संयोजक रुद्र शर्मा, महासचिव रामशरण देउजा, राष्ट्रिय सीप परीक्षण समितिका उमेशकुमार उप्रेती, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्का निर्देशक महेश भट्टराई, आल्मुनियम फेब्रिकेटर्स एशोसिएसन नेपालका अध्यक्ष तेज राईलगायतको सहभागिता रहेको थियो ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!