नेपाल राष्ट्र वैकले पूजी वृद्धि गर्न र मर्ज हुन निर्देशन दिए सँगै वैकहरु मर्ज हुन क्रम तिव्र वन्दै जान थालेको छ ।
यसै क्रममा धनकुटामा कार्यक्षेत्र रहेको एकमात्र विकास बैंक काबेली विकास बैंक र विराटनगरमा प्रधान कार्यालय रहेको सप्तकोशी विकास वैकले मर्जमा जाने निर्णय गरेको छ ।
कावेली विकास वैंकको शुक्रवार भएको विशेष साधारण सभाले विराटनगर स्थित सप्तकोशी डेभलपमेन्ट बैंकसँग मर्जमा जाने निर्णय गरेको हो ।
कावेली विकास बैंक धनकुटाका अनुसार मर्जमा गएपछि आगामी आर्थिक वर्ष श्रावण महिना देखि दुवै वैंकको एकीकृत कारोवार हुनेछ ।
सप्तकोशी डेभलपमेन्ट बैंकको पनि शुक्रवार नै विराटनगरमा भएको विशेष साधारण सभाले मर्जमा जाने निर्णय गरेसँगै दुवै वैकको मर्ज प्रकृया सुनिश्चित वन्दै गएको हो ।
मर्जमा जाने निर्णय भएको कावेली विकास बैंकका प्रमुख कार्यकारी अधिकृत शैलेन्द्र कुमार वादे श्रेष्ठले जानकारी दिएका छन् । बैंकका अध्यक्ष गोपालप्रसाद काफ्लेले काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकसँग मर्जमा जाने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव सर्वसम्मत रुपमा साधरणसभाले पारित गरेको थियो ।
नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिअनुसार विकास बैंकको चुक्ता पुँजी ५० करोडको हुनु पर्ने भएकाले वाध्यताले मर्जमा जानु परेको अध्यक्ष काफ्लेले जानकारी दिए । कावेलीको हालको पुँजी २८ करोडको हाराहारीमा मात्र भएकाले नेपाल राष्ट्र बैंकको एकातिर रकम नपुग र अवको वैंक तथा वित्तीय संस्थाको कार्यक्षेत्र जिल्लास्तरीय नभई प्रादेशिक स्तरको बनाउनु पर्ने भएकाले वाध्यताले मर्जमा गएको काफ्लेको भनाई रहेको छ ।
मर्जपछि प्रधान कार्यालय धनकुटामै रहने र कर्पोरेट अफिस विराटनगरमा रहने बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए । बैंक मर्जमा गएपछि जोखिम बहन गर्ने क्षमता हालको भन्दा तेब्बर बृद्धि हुने डेपुटी प्रमुख कार्यकारी अधिकृत कुमार खड्काले साधरणसभामा जानकारी दिएका छन् ।
सञ्चालक समितिका अर्का सदस्य तिलविक्रम चेम्जोङले मर्जर पछि बैंकको ७ जिल्लामा कार्यालय रहने जानकारी दिएका छन । उनले बैंकको १ केन्द्रिय कार्यालय, १ कर्पोरेट कार्यालय, ७ जिल्लामा वित्तिय कारोवार गर्ने गरी ४२ वटा शाखा कार्यालय सहित २६ वटा कार्यालयबाट वित्तीय सेवा प्रवाह हुने जानकारी दिए ।
चेम्जोङले अव भने वैकले एक जनालाई २० करोडसम्म ऋण दिन सक्ने क्षमता भएको वताए। वैंकको अहिलेसम्म ६४ करोड चुक्ता पुँजी थियो भने अव मर्जपछि ८० करोड पुग्ने सदस्य चेम्जोङ्गउनले जानकारी दिए।
शेयर सदस्य एवं अतिथिहरुलाई सञ्चालक समितिका सदस्य जनार्दन गोठालेले स्वागत मन्तव्य दिएका थिए ।
सो अवसरमा शेयर सदस्यका तर्फबाट द्रोणप्रसाद गुरागाई, गीता अधिकारी, जयन्द्र प्रधानलगायतले शेयरको अवस्था र मर्जको कारणका वारेमा प्रश्न राखेका थिए । कार्यक्रमको सञ्चालन कावेली विकास वैंक धनकुटाका जनसंम्पर्क अधिकृत मोहन ढुंगेलले गरेका थिए ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!