धरान / कोरोना महामारीका विच नेपालीले दशैलाई विदाई गरेका छन् । दशै सकिए पनि जुवाडेलाई भने दशै सकिएको छैन् ।
चाडवाडको मौका छोपेर पेसेवर जुवा अड्डा सञ्चालन गर्ने गिरोह भने सक्रिय छन् । शनिबार मात्र प्रहरीले ७४ जनालाई जुवाखालबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालय काठमाडौले जनाएको छ ।
त्यसमा पार्टीका विभिन्न तहका नेतादेखि पूर्वराज्यमन्त्रीसम्म छन् । जिल्ला जिल्लामा दैनिक जुवा तास खेल्ने जमात बढेको छ । प्रहरीले उनीहरुलाई नियन्त्रण गर्ने काम पनि भइरहेको छ ।
शनिवार पूर्वराज्यमन्त्री खोभारी राय स्वयम्भू बिजेश्वरीस्थित जुवाखालबाट पक्राउ परे । उक्त जुवा अखाडाबाट उनीसहित १० जना पक्राउ परेका थिए ।
साइँली तामाङको घरमा फ्ल्याट भाडामा लिएर भोजपुरका पर्वत भण्डारीले नियमित जुवा खेलाउँदै आएको बताइन्छ । पूर्वराज्यमन्त्री राय पनि सोही अखाडामा पुग्थे । उनको साथबाट १० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
उनीसहित पक्राउ पर्नेहरूमा सन्तोष लामा, सविन लामा, धर्मलाल तामाङ, जितपुर लामा, विक्रम लामा र कान्छा तामाङ छन् । पक्राउ परेका सबैबाट एक लाख ५३ हजार पाँच सय रुपैयाँ र दुई बुक तास बरामद भएको छ ।
यता मोरङको केरावारी गाउँपालिकामा नेपाली काङ्ग्रेसका स्थानीय नेतासहित पाँच जुवाडे पक्राउ गरे ।
केराबारीमा कालिजको फर्म सञ्चालन गदैं आएका धरान–६ का भूपेन्द्र भट्टराईसहित शनिबार साँझ प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेकामध्ये धरान उपमहानगरपालिका कर्मचारी पनि रहेका छन् । कालिज खुवाउने वहानामा भट्टराई जुवाको खाल सञ्चालन गदैं आएको बताइएको छ ।
उक्त जुवाखालबाट आठ लाख ८९ हजार दुई सय ५० रुपैयाँ र १३ बुक तास बरामद भएको मोरङका एसपी सन्तोष खड्काले जानकारी आज सार्वजनिक गदैं जानकारी गराए ।
शनिबार प्रहरीले ललितपुर, भक्तपुर, कैलाली, घोराही, नेपालगन्ज, लगातयत स्थानबाट ठूलो सङ्ख्यामा जुवाडे र नगद बरामद गरेको थियो । प्रदेश १ विभिन्न जिल्लाहरुमा पनि जेवाडेहरु पक्राउ गर्न क्रम बढेको छ । चाडवाडको समयमा जुवाको खाल चलाउनहरुको निगरानी बढाएको प्रदेश प्रहरी प्रमुख डिआइजी इश्वरबाबु कार्कीले जानकारी दिनु भयो ।
गत कात्तिक १२ गते बझाङको जयपृथ्वी नगरपालिका– ४ का वडाध्यक्षसहित १० जना जुवाडे पक्राउ परेका थिए । बिहान ३ बजेतिर जयपृथ्वी नगरपालिका– ४ गोलाईबाट वडाध्यक्षसहित १० जना पक्राउ परेका हुन् ।
पक्राउ परेका वडाध्यक्ष गगनबहादुर खाती नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका– ४ का वडाध्यक्ष खाती, कुम्भराज उपाध्याय, दीपकबहादुर बड, नरेन्द्रराज उपाध्याय, शेरबहादुर खाती, लोकेन्द्र खाती, विक्रम खाती, रतनलाल रताला, उमेशराज जोशी, सन्तोष जोशी रहेका छन् ।
घर भाडामा लिएर जुवाको खाल
पछिल्ला वर्ष मिनी क्यासिनो शैलीमा जुवा खेलाउने चलन बढेको छ । विभिन्न घर र फ्ल्याट नै भाडामा लिएर क्यासिनोकै शैलीमा जुवा खेलाउने गरिएको छ । यो लडडाउनको समयमा त कतिपय व्यक्तिले आम्दानीको श्रोत नै जुवालाई बनाएको उदाहरण पाइन्छ । यसरी धरानमा पनि विभिन्न स्थानमा कोठा भाडामा लिएर जुवा खालाइने गरेको बताइन्छ ।
पक्राउ पर्छन्, न्युन जरिमानामा छाडिन्छन्
प्रत्येक बर्ष प्रहरीले दशैका बेला जुवाडेहरुलाई नियन्त्रणमा लिने गरेको छ । फाट्टफुट्ट अन्य समेमा पनि जेवाडेहरु पक्राउ गर्छन । तर राज्यको फितलो कानुनका कारण जुवाजन्य खेल नियन्त्रण भने हुन सकेका छैन् । जुवा खेल्नेलाईसजाय नै अत्यन्त कम भएका कारण समाजमा जुवाजन्य खेल खेल्नहरु नघटेको पाइएको हो ।
जुवा राज्यका लागि सामान्य अपराध
राज्यले जुवासम्बन्धी अपराध सामान्य मानेको छ । तर यसको असर समाजमा ठूलो हुने गरेको छ । जुवाकै कारण अन्य अपराध बढ्ने उनीहरूको भनाइ छ । जुवाको लतका कारण विगतमा अपहरणदेखि हत्याका घटना भएका छन् । ठूलो ठूलो कारोवार जुवाकोखालमा हुने गरेको छ । जुवा कै कारण घर परिवार विग्रेका प्रसस्त उदाहरण छन् ।
ऐनमा के छ
कानुनअनुसार कमजोर सजाय पनि जुवाडेहरू नसुध्रनुको एक कारण भएको प्रहरीको भनाई छ । मुलुकी अपराध संहिताअनुसार पहिलोपटक पक्राउ पर्ने जुवाडेलाई तीन महिनासम्म कैद र बढीमा ३० हजारसम्म मात्र जरिवाना गर्न व्यवस्था छ ।
यस्तो मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने गर्छन् । बढीमा थुनामा बसेको अवधिलाई कैद मानिन्छ र ३० हजारसम्म मात्र जरिवाना हुन्छ । सोहीकारण उनीहरू फेरि जुवाको लतमा लाग्ने गरेका छन् । जुवा ऐन २०२० मा जुवा खेलेमा पहिलोपटकलाई २००।– सम्म जरिबाना, दोस्रो पटकलाई एक महिना देखि तीन महिनासम्म कैद र तेस्रो पटक देखिकोलाई १ वर्ष कैद तोकिएको छ । आफ्नो हकको वा आफ्नो भोग चलन वा जिम्माको कुनै घर वा कोठा वा ठाउँलाई जुवाको खाल थाप्ने वा अरु कुनै प्रकारले जुवा खेल्ने काममा लगाएमा वा लगाउन दिएमा पहिलो पटकलाइ ३०० जरिबाना, दोस्रो पटक देखिकोलाई तीन महिना देखि नौ महिनासम्म कैद तोकिएकोछ ।
याे पनि पढ्नुहाेस्
काङ्ग्रेसका नेतासहित ५ जुवाडे मोरङको केरावारीबाट पक्राउ
।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!