धरान /
खानेपानी संस्थान धरान शाखाले संस्थानले महसुल काउन्टर बन्द गरे पछि दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिका संयोजक हर्क साम्पाङले आपति जनाउदैं संस्थानका शाखा कार्यालय प्रमुख रामकुमार श्रेष्ठलाई भौतिक कारबाही गर्ने धम्की दिए पछि संस्थानले पुन काउन्टर खोल्ने भएको छ ।
विहीबार संूथानका निमित्त कार्यालय प्रमुख सूर्यज्योति बास्कोटाले संस्थानको केन्द्रको निर्देशन अनुसार खानेपानी बोर्डमा संस्थानको सबे सम्पति हस्तान्तरण तथा हस्तान्तरणको निश्चित मिति तोकिएको पत्र नआउञ्जेलसम्म उपभोक्ताहरुको हितका लागि काउन्टर शुक्रबारदेखि सञ्चालनमा ल्याउने जनाइएको छ ।
बुधबार धरान उपमहानगरपालिकाको खानेपानी व्यवस्थापन बोर्डले काउन्टर बन्द गर्न पत्रचार गरेको थियो । सोही अनुसार संस्थानले खानेपानीको महशुल काउन्टरसहितको आर्थिक कारोबार बन्द गरेको सूचना जारी बुधबार नै गरेको थियो । तर बुधबार नै साम्पाङसहितको टोली संस्थान पुगेर धम्कीपूर्ण भाषामा काउन्टर खोल्न दवाव दिएका थिए ।
लामो समयदेखि बोर्ड र संस्थानविचको विवादले संख्यानको सम्पति बोर्डमा हस्तान्तरण हुन सकेको छैन् । एडिविको सहयोगमा उपमहानगरपालिकाले आफ्नै खानेपानी आयोजना सञ्चालन गरे पछि संस्थानलाई बोर्डमा गाभ्न मन्त्रीस्तरिय निर्णय भएको थियो । तर उपमहानगरपालिकाको आयोजनामा सम्झौता अनुसारको पानी खुवाउन नसकेको र अनियमितता भएको आरोपमा स्थानीय स्तरमा विरोध हुदैं आएको छ ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!