धरान / दस बर्ष अघि ‘नोट’ एल्बम निकालेर नेपाली संगीत क्षेत्रमा पर्दपर्ण गरेकी धरानकी गायिका सीमा संग्रौलाले लामो समय पछि उड्नु छ आज’ बोलको गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी छिन्।
नोट एल्बमको ‘के नै रुनु छ र’ बोलको गीतबाट त्यही बर्ष हिट्स एफएम म्युजिक अवार्डबाट सर्वोत्कृष्ट नव प्रतिभाको अवार्ड समेत हात पार्न सफल गायिका सिमा संग्रौलाको के नै रुनु छ संगै जितेर मेरो मन , यो बैंश भित्र के छ , उताउलो मोरोले ताल पार्यो लगायतका गीतहरु लोकप्रिय रहेका छन।
मेलोडी , फ्युजन र टिपिकल नेपालीपनका गीतहरु गाउन मन पराउने उनले 'उड्नु छ आज' गीत बिशाल पाण्डेसंग मिलेर संगीत तथा रचना गरेका छन्। यस अघि ३ महिना अघि मात्र उनले बिशाल पाण्डे संग मिलेर नै 'माया आउन नजिक' बोलको गीतको गीत तथा म्युजिक भिडीयो सार्वजनिक गरकी थिईन।
लकडाउनको समयमा अडियो तयार गरि लकडाउन खुलेपछिको समयमा पर्यटकीय नगरी पोखरा र यस आसपासका क्षेत्रमा खिचिएको भिडीयोको छायांकन ,सम्पादन तथा निर्देशन बिशाल पाण्डेले गरेका छन्। 'उड्नु छ आज' गीतलाई गायिका सीमाले आफ्नो प्रेरणादायी गीतको रुपमा लिएको बताउंछिन् । यहि गीतमा भने झैँ उनि अब भने निरन्तर संगीतमा आफ्नो पाइला चाली रहने बताउंछिन्।
'हातेमालो गर्दै हामी सफलताको पाइला चालौं ,
आवौं सबै मिलि हामी एकता को गीत गाऔं'
उड्नु छ आज भन्दै आईन गायिका सीमा संग्रौला




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!