धरान / राष्ट्रिय युवा संघ धरान ५ को सकृयतामा मृगौला रोग पीडित कमल लिम्बुलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
धरान ५ का स्थानीय कमल लिम्बु लामो समयदेखि मृगौला रोगबाट पीडित भई आर्थिक अभावका कारण उपचारमा समस्या भएकाले सहयोग जुटाइएको युवा संघका नेता दिपक घिसिङले जानकारी दिनुभयो ।
९ हजार १६० रुँपैया हस्तान्तरण गरिएको हो । सहयोग दिनेमा युवा नेताहरु टिकाराम बिशुन्के, शिला राई, अनम राई, पदम देवन, बिजय तामाङ, आकास लिम्बु, शुनिता राई, जीवन लिम्बु, छिन्ताङ राई, दिपक तामाङ, श्याम कृष्ण पहाडी, भावना राई, बिनिता राई, सन्तोष लिम्बु, शुजन बिश्कर्मा, उमेश राई र सन्तोष राई रहनु भएको छ ।
मृगौला पीडितलाई युवा संघको सहयोग




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!