- आनन्द श्रेष्ठ
धरान / गत उपनिर्वाचनमा विजय भएदेखि सधै विवादको धेरामा परीरहने धरान उपमहानगर पालिकाका प्रमुख तिलक राई फेरी आफनै नेताले रोपेको रुख उखेलेर विवादमा तानिनु भएको छ ।
पछिल्लो पटक उहाँ कोशी राजमार्गमा वनाउनु पर्ने एउटा सार्वजनिक शौचालय धरानवासीले खाने पानीको मुहान सर्दु खोलामा वनाए पछि अहिले स्थानियहरु विरोधमा उत्रिएका छन । उनीहरुले गत वुधवार फुश्रे स्थित वीपी पार्कमा भेला भएर मेयरले मनपरी गर्न थालेको भन्दै विरोध जनाएका थिए । शौचालय निर्माण स्थलमा भएको ४ थान रुखहरु स्काभेटरले उखेलीएका छन् । आफ्नै नेताले रोपेका रुख उहाँले सकैसँग समन्वय नगरि उखेले पछि नेपाली कांग्रेसका कार्यकर्ताहरु पनि रुष्ट भएका छन् ।
सो स्थानमा रहेको दुई वटा सिरिषको रुख गत २०७१ साल भाद्र २ गते मेयर राई लगायतका स्थानिय नेताहरुले वीपी पार्कको शिलान्यासको क्रममा पार्टी सभापति सभापति शेरवहादुर देउवा र वरीष्ठ नेता रामचन्द्र पौडेलको हात रोपिएको थियो । धरान २० स्थित ओशो आश्रमको परिसर भित्र रोपिएका ति रुखहरुलाई आश्रमले नै हुर्काई वढाई ठूलो वनाएको थियो । तर गत हप्ता नगर प्रमुखले सो दुई सिरिषको रुख लगायत दुई वटा मलेसियन सालको रुखहरु पनि काटन लगाउनु भएको छ । यस अधि पनि नगर प्रमुख राई विना इजाजत धरान २० स्थित विष्णुपादुका सामुदायिक वन भित्र रहेको एक थान सखुवाको रुख कटानमा सलग्न रहेको घटनामा तानिनु भएको थियो । उहाँलाई सत्तारुढ नेकपाका नेताहरुले जोगाएर मेयरका कार्यकर्तालाई जेल पठाइएको थियो ।
पानीको मुहानमा शौचालय
धरानको उपनिर्वाचन अघि तत्कालिन कार्यबहाक प्रमुख मन्जु भण्डारीले खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी तथा सरसफाई विकास कोषमा धरानमा तिनवटा सार्वजनिक शौचालयको माग गर्दै पत्राचार गर्नु भएको थियो । त्यस मध्ये दुईवटाका लागि वजेट पनि विनियोजन भयो । त्यस मध्ये एउटा धरान १२ स्थित पव्लिक हाईस्कुलमा र एउटा कोशी राजमार्ग पनि पर्ने धरान १३ मा निर्माण गर्ने निर्णय भई ठेक्का पनि लगाइएको थियो । “धरानवाट भेडेटार र पहाडी जिल्लामा जाने यात्रुहरुले वाटामा दिशापिशाप गर्दा हाल सर्दु जलाधार क्षेत्रको पानीको मुहान प्रदुषित भईरहेको छ भनेर शिवधारामा सो शौचालय वनाउने भन्ने उदेश्य थियो ।’– धरान १३ का वडाध्यक्ष नेत्र काफले भन्नुहुन्छ– ‘तर मेयर साहेवले आफनो मनखुसी सो सार्वजनिक शौचालयलाई धरान २० स्थित पानीको मुहान भित्रै वनाउन लाग्नु भएर हामी छक्क परेका छौ ।’ जुन उदेश्यका लागी जुन स्थानमा वनाउनु भनि आएको योजना सोहि स्थलमा वन्नु पर्छ भनेर स्थानिय वासिन्दाहरुले माग राख्दै विरोध जनाए पनि नगर प्रमुख राईले भने सर्दु खोलाको वीपी पार्क नजिकै रुख काटन लगाई निर्माण गर्न थाल्नु भएको छ । “हामीलाई त मेयर साहेवले यहि स्थानमा वनाउनु भन्नु भयो हामीले स्काभेटर लगाएर उखेलेको हो”भन्न्नुहुन्छ ठेकेदार तेज नारायण शाह ।
हाल सर्दु जलाधार क्षेत्र भित्रै नेपाली कागे्रसले वीपी पार्क वनाउन करोडौ सरकारी वजेट खर्च गरी सकेको छ । सोही पार्कमा आउने पर्यटकहरुको लागी सो शौचालय वनाउने मेयर राईको भनाई छ । तर पार्क स्थलको लागी शौचालय वनाउनु नै पर्दा पनि कम प्रदुषण हुने, वोट विरुवा नै क्षति गर्न नपर्ने थुप्रै वैकल्पिक ठाउहरु थिए । तर मेयरले हुर्कि सकेको रुखहरु नै काटेर मुहान देखि १० मिटर नजिकै शौचालय वनाउनु दुर्भाग्य भएको धरानका वुद्धिजिवी डा राजेन्द्र शर्माले बताउनु भयो । ‘भरसक जलाधार क्षेत्रमा सवै मानविय गतिविधि वन्द गर्नु पर्छ । कुनै पार्क वनाउने कामै गलत छ । त्यस माथि शौचालय जस्तो कुरा वनाउदा धेरै सोच्नु पथ्र्यो ।’–उहाँले भन्नु भयो ।
धभराने जनताले खानेपानीको इनटेक सो शौचालय भन्दा सय मिटर तल पर्दछ । जलाधार क्षेत्रमा वीपी पार्क वनाईए पछि घूम्न जाने टिकटक वनाउन जाने केटाकेटीहरुको भिड त वडयो तर सो पार्कलाई व्यवस्थीत गर्न मेयरले एउटा व्यवस्थापन समिति समेत गठन गर्न सक्नु भएको छैन् । जलाधार क्षेत्रमा कुनै गुरु योजना विना नै वनाईएको सो पार्कको कारण हाल मुहान क्षेत्रका ज्यादै फोहोर मैला वढन गएको कुरा हालै धरानका एक युवा समुहले ११ दिन लगाएर ४ गाडि फोहोर सकलन गरेवाट थाहा हुन्छ ।
मेयरको पत्रकार सम्मेलन
आफनै सर्वोच्च नेताहरुले वृक्षारोपण गरेको रुखहरु काटन लगाई पानीको मुहानमा शौचालय वनाउन थाले पछि स्थानिय जनताले विरोध गरेको विषयमा पत्रिकामा समाचार आए पछि मेयर राईले पत्रकार सम्मेलन नै गर्नु प¥यो । उहाँले वीपी पार्कमा पर्यटकहरुको धुईचो वढन थालेकोले सो क्षेत्रमा शौचालय वनाउन परेको स्पष्टिकरण दिनु भएको थियो । आफुले राम्रो काम गर्दा गर्दै पनि केहि मानिसहरुले राजनिति रुपमा विरोध गरेको समेत बताउनु भयो । तर रुख काटेको विषयमा अव नागरीक समाज, वन तथा जिल्ला कार्यालयहरुले पनि छानविन गर्न थाले पछि नगर प्रमुखलाई अप्ठयारो स्थितिको सामना गर्न परीरहेको छ । उहाँले शौचालय नवनाउन ओशो आश्रम र केहि राजनितिक पार्टिका मान्छे लागेको भनाई प्रति असहमति जनाउदै ओशो आश्रम धरानले प्रेस विज्ञप्ती निकाले विरोध जनाएको छ । धरान वार्ड न २० १३ ले पत्र नै लेखेर विरोध जनाएको छ । ।
१५ वर्ष तत्कालिन नगर प्रमुख मनोज मेयाडवोले पनि सर्दु खोलाको सिरान भेडेटारको घुम्तीमा सार्वजनिक शौचालय वनाएका थिए । तर त्यसले मुहानलाई ठुलो प्रदुषण गर्न थाले पछि हाल सो शौचालयलाई वन्द गराएर धनकुटा क्षेत्रमा नयाँ निर्माण गरीएको छ । जलाधार क्षेत्र भित्र शौचालय निर्माण गर्नु अधि वातावरण प्रभाव मुल्याडन हुनु पर्नेमा जनप्रतिनिधीहरुले राजनितिक गर्न जथाभावि योजना लगिदिने हुदा देशका सवेै जलाधार क्षेत्रहरु जोखिममा परेको कुरा जलाधार विज्ञ मनकुमार राई वताउनु हुन्छ ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!