काठमाडाै / कलमको सहि सदुपयोग गरिनु पर्दछ , आवाजबिहिन र ओझेलमा परेका जाति समुदायहरूको आवाज सम्प्रेषण गरिनु पत्रकारिताको धर्म हो भन्ने बिचार सहित न्याय र समानताको निम्ति पैरवी गर्ने दायित्व पनि पत्रकारहरूकै हो भन्ने मूल आशयका साथ नेपाल ख्रीस्टीयान समाजको आयोजनामा “संचारकर्मीहरूका लागि शिप तथा दक्षता अभिवृद्धि १ दिने अनुशिक्षण कार्यक्रम “ आइतबार राजधानी काठमाण्डौमा सम्पन्न भयो !
वरिष्ठ पत्रकार भवानी बरालले विज्ञान र प्रबिधिका कारण पछिल्लो समय सामाजिक संजाल, यूट्यूब, लगायत संचारका माध्यमहरूलाई प्रयोगकर्ताले सहि ढंगले प्रयोग नगरेको र तिनको स्वामित्व जूगरबर्ग र विल गेड्स भएकाले ति सबै मीडिया तिनैले कब्जा गरेको प्रस्ट्याए । औपचारिक समाचारमा मात्र नभएर सूचनाको सहि स्रोत, खोजमुलक र ठोस विषयको ठोस विश्लेषणयुक्त समाचार आफनै मौलिकतामा पस्किनु सक्नुपर्दछ ! सिटीजन जोर्नलिजम भन्दा पनि स्थलगत अध्ययन अनुसंधान सहित जनता र समुदायको पक्षमा भएर पैरबी गरिने पत्रकारिता सिभीक जोर्नलिजम हो भनि खुलस्त गर्नुभयो ।
कार्यक्रमका सहजकर्ता सइन्द्र राईले आफ्नो अनुभव सहित उपस्थित भेलालाई पत्रकारितामा लगिरहन उत्साह दिदै जनताले संबिधानमा उल्लेखित तत्सम्बन्धी प्रत्याभूत अधिकारको उपभोग गर्न पाईरहेका छन की छैनन त्यसैमा रहेर बिषय वा कंटेंटको उठान गर्नु पर्छ भनि प्रस्ट पार्नुभयो। पत्रकारिताको सैदान्तिक पक्षलाई ध्यानमा राखी त्यसैको मूल्य मान्यतामा रहेर ब्यालेंस सहितको कंटेंट वा बिषय बस्तु दिनु सक्नुपर्दछ भन्दै, समय, अवस्था,परिस्थिति र विषयको गम्भीर्यतालाई मध्येनजर गरि जनगणनामा पेशाको महलमा कर्मचारी, व्यापारी,राजनीतिकर्मी वा जे भए पनि “कृषि “लेखे जस्तै धर्मको महलमा पनि जुनसुकै धर्ममा आस्था राख्ने भए पनि हिन्दु लेखे जस्तै प्रकारको समाचार पनि लेखिनु हुदैन भनि प्रस्ट पार्नुभयो।
अर्का सहजकर्ता अमृत तिमिल्सिनाले संचार जस्तो महत्वपूर्ण माध्यम कुनै पनि किसिमको अभाव, प्रभाव र दवाबमा रहेर सहि संचार सम्प्रेषण गर्न सकदैन र संचारलाई निस्कलंकित राख्न जरूरी छ ! वास्तविक संचार साना मीडियाहरूले गरिरहेका हूंछन तर ठूला मीडियाहरूले दवाब र प्रभावमा काम गरेका हुनछन भन्दै यसबाट अलग रहनुपर्छ भनि सिकाउनु भयो । अग्रज पत्रकार वाई पी घिमिरेले समाचार संकलनमा क्यामेराको सहि प्रयोग र त्यसका फाइदा बारे सिकाउनुभएको थियो ।
कार्यक्रममा उपत्यकाभित्रका ३० जना पत्रकारहरू सहभागी थिए, उपस्थित सबैलाई समाजका मिडिया संयोजक भुवन देवकोटाले स्वागत गर्नुभएको थियो भने समाजका महासचिव डिल्लीराम पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!