धरान / पूर्वमा ढिपार्टमेन्टको शुरुवात गर्ने गोरखा डिपार्टमेन्ट स्टोर इटहरीले उसको शाखा धरानस्थित गोरखा डिपार्टमेन्ट स्टोर विक्रि गरेको छ ।
धरानको तिष्ठित व्यवसायिक संस्था बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि (हाल बराह ग्रुप) ले धरानस्थित गोरखा डिपार्टमेन्टल स्टोरको भवनमा नयाँ बर्षदेखि औपचारिक रुपमा आफ्नो े सेवा विस्तार गरेको छ ।
, बराह ग्रुपका अध्यक्ष शिव लामिछानेले ‘थप सेवा विस्तारसँगै औपचारिकरुपमा तीन महिनापछि मात्रै उद्घाटन हुने बताउनु भयो । हाल सञ्चालनमा रहेको बराह ग्रपको व्यवसायीक भवन सागुरो भएकाले खुल्ला स्थानमा सेवा विस्तार गरेको हो ।
सो भवनमा बराहका सबै सेवासहित अन्य थप नयाँ सेवा पनि दिने लक्ष्य छ । आन्तरिक पर्यटक धरानमा बढाउन जातीय परिकार पस्कने लक्ष्य राखेको लमिछानेले जानकारी दिनु भयो ।
बराह ग्रुपका सञ्चालक मानबहादुर दियालीले २७ वर्षदेखि नुनदेखि सुनसम्मको सेवा दिँदै आएको बराहले अब सो भवनमा मल्टीप्रप्रोज कम्प्लेक्सको अवधारणामा यहाँबाट सेवा दिन लागिएको जानकारी दिनु भयो ।
बुधबमरदेखि नै सिनेमा हल, मिटिङ हल र बराह फेमिली किचन पनि सञ्चालनमा रहने उहाँले बताउनु भयो ।
‘
बराहका सेवा
सबैभन्दा मुनिको तलामा अन्तर्राष्ट्रियस्तरको पार्किङ सेवा, ग्राउण्ड फ्लोरमा खाद्यान्न, कस्मेटिक्स, पहिलो तल्लामा इलेक्ट्रोनिक्स, लत्ताकपकडा, किचनका सामग्री, तेस्रो तलामा ब्याङक्वैट र हेयर सैलुन, चौथो तलामा फुड कोर्ट, स्वीट, इथिनिक बार, पाँचौ तालामा सिनेमा हल, किड्स जोन, छैटौं तलामा गेम र स्पा रहने छ ।
धरानस्थित बराहमा ज्वेलरीसँगै, डिपार्टमेन्ट स्टोर, बराह बचत तथा ऋण सहकारी संस्था, इन्द्र बराह ट्राभल्स एण्ड टुर्स, बराह रेमिट, बराह बाल संसार, इन्द्रेश्वर फेन्सी स्टोर, बराह कृषि उपज तथा पशुपालन र बराह फेमली रेष्टुरेन्ट समेत सञ्चालनमा छ भने भेडेटारमा पनि सेवा सञ्चालनमा छ ।
‘धरानदेखि काठमाडौं, पोखरा, हङकङ हुँदै युकेसम्म’ नारा दिइएको बराहको सेवा दुबईमा समेत छ । त्यस्तै काठमाडौंमा अभिमत बचत तथा ऋण सहकारी, बराह ज्वेलरी, न्यू बराह ज्वेलरी, बराह प्रोपटिज सर्भिस टाइम्स रेमिट समेत सञ्चालन गर्दै आइरहेको छ । त्यस्तै, कृपादृष्य डिजिटल स्टुडियो मार्फत् कृपा अनप्लग, बराह फाउण्डेशन, इन्द्र बराह एथ्नीक ग्यालेक्सी मार्फत् विभिन्न ब्यावसायिक सेवा, न्यु बराह ज्वेलरी इन्ड्रष्टिज, पाटन औद्योगिक क्षेत्रमा परम्परागत तथा आधुनिक सुनचाँदीका गरगहना प्रोडक्सन हाउस सञ्चालन गरिरहेको छ ।
पोखरामा गोर्खा एण्ड बराह ज्वेलरी, गोर्खा एण्ड वराह फाउन्डेसन, गोर्खा एण्ड फेमली किचन, हेयर एण्ड व्युटि सैलुन, जिवी सैलुन सञ्चालन गरेको छ । चितवनमा नारायणी बराह ज्वेलरी र इन्द्र लामीछाने फाउन्डेशन सञ्चालनमा छ ।
किन बेचियो गोरखा डिपार्टमेन्ट
बराहले आफ्नो सेवा विस्तार गरेको भवन पूर्वका प्रतिष्ठित व्यापारी बलराम आचार्यले डिपार्टमेन्ट सञ्चालन गदैं आउनु भएको थियो । इटहरी, पथरी, दमक, विराटनगरलगायत स्थानमा व्यवसाय विस्तार गर्नु भएका आचार्यले धरानमा भएको डिपार्टमेन्ट घाटामा गएको बताउदैं आउनु भएको थियो । करिव एक अर्व बढि लगानी रहेको भवनमा राम्रो व्यापार नभए पछि उहाँ गत बर्ष लकडाउनको अवधीमा निरास हुनु भएको थियो । व्यवसायमा घाटा भएको कारण उहाँ निरनह भएको चर्चा बजारमा आएको थियो । त्यसको केही पछि विक्रिको चर्चा आयो । तीन महिना अघि त्रिक्रिको सम्झौता भए पनि दुई पक्षले यसको मुल्य खुलाएका छैनन् । यस अघि गोरखामा व्यापार गदैं आएका एक व्यवसायीका अनुसार १ अर्व २५ करोडमा डिल भएको र एक अर्वदेखि २५ करोडकोविचमा कारोवार भएको हुन सक्न उहाँले बताउनु भयो । बराहले खरिद गरेर थप सेवा विस्तारको तयारी थालेको छ । नयाँ बर्षको अवसरमा औपचारिक खरिद गरेको समेत सार्वजनिक गरेको छ ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!