धरान / धरानस्थित बिपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज थप एक जना सङ्क्रमितको मृत्यु भएको छ ।
इटहरी –२० तराहराका ७८ बर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलका अनुसार उच्च रक्तचापको समेत समस्या भएका उनलाई हिजो बुधबार मात्र अस्पताल भर्ना गरिएको थियो । उनको विहान ९ः३० बर्ष प्रतिष्ठानको आकास्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानमा कोभिड १९ का विरामीको सङ्ख्या बढेर वेड अभाव हुने थालेको छ । कोभिड अस्पतालका फोकल परसन डा. विकास साहका अनुसार अक्सिजन वेडका लागि १० जना विरामी पालोमा बसिरहेको जानकारी दिनु भयो ।
बिपी प्रतिष्ठानमा तराहराका एक सङ्क्रमितको मृत्यु




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!