धरान / युवा व्यवसायी सन्तोष विकले धरान–११ को पृथ्वी चौक बस्ने शारीरिक अपाङ्ग भएका बसन्ती भुजेललाई एक थान ह्विल चेयर दिनुभएको छ ।
करिब दस वर्षआगाडिदेखि अपाङ्ग जीवन बिताइरहेकी बसन्तीलाई उहाँकै परिवारको रहोवरमा ह्विल चेयर दिएको हो ।
बसन्तीका श्रीमान गरराज भुजेलले ह्विल चेयर पाएर खुशी भएको बताउँदै भन्नु भयोे–‘दस वर्षदेखि कोठामै लडिराख्ने मेरो श्रीमतीलाई अब बाहिर पनि डुलाउन सक्छु ।’
बसन्तीका परिवारका अनुसार करिब दस वर्षअघि एक्कासी देब्रे हात झटकार्न थालेपछिदेखि बिमारी भएका उहाँ अहिले अपाङ्ग भएको बताउनुभयो । दस वर्षअघिको घटना सम्झदै गरराज भुजेलले भन्नु भयो –‘वीपी अस्पतालले डेढ लाख चाहिन्छ भन्यो मसङ्ग दस हजारमात्र थियो । त्यतिकै घर फर्काएँ, अहिले यस्तो भयो ।’
धरान–११ को सुकुम्बासी बस्ती रहेको पृथ्वी चोकमा भाडामा बस्दै आएका उहाँहरुले ह्विल चेयर पाउनु ठूलो राहत भएको स्थानीयवासीले बताए ।
बसन्तीले पाइन ह्विल चेयर




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!