धरान / धरानको बारेमा सरोकार र चासो राख्ने धरान सरोकार समाज, काठमाडौंले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञानप्रतिष्ठानमा पछिल्लो समयमा बढेको बेथिति र कमजोर स्वास्थ्य सेवाबारे तीनै तहका सरकारलाई ध्यानाकर्षण गराएको छ ।
बिपी प्रतिष्ठानमा भएको बेथिति, स्वास्थय सेवा र स्वास्थ्य शिक्षामा भएका कमजोरीहरु औलाउदैं धरान उपमहानगरपालिका, प्रदेश १ सामाजिक विकास मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र बुझाएर सुधारका लागि पहल गर्न ध्यानाकर्षण गराएको छ ।
समाजका अध्यक्ष प्रभु श्रेष्ठ, सल्लाहाकार तथा महिला अधिकारकर्मी शरु जोशी श्रेष्ठलगायतको टोलीले प्रतिष्ठानका सिनेटरसमेत रहनु भएका मेयर तिलक राई, समाजिक विकास मन्त्री उषाकला र राई र प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल समास्या समाधानका लागि पहल गर्न ध्यानकर्षण गराएको हो ।
विहीबार सामाजिक विकास मन्त्री राईलाई विराटनगर पुगेर ध्यानाकर्षण पत्र बुझाएका छन् । विहीबार नै सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालमार्फत प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाइएको समाजका अध्यक्ष प्रशु श्रेष्ठले जानकारी दिनु भयो ।
बिपी प्रतिष्ठानका बेथितिका विषयमा मिडियामा समाचार आए पछि सरोकारवाहालहरुसँग छलफल गरेर, त्यहाँका पदाधिकारी, चिकित्सक, कर्मचारीसँग बुझ्दा समास्या देखिएकाले धरानको गौरवको रुपमा रहेको संस्थाका ेगरिमा बचाउन सरकारले चासो देखाउनु पर्ने ठहर गरेर ध्यानाकर्षण गराइएको संस्थाकी सल्लाहाकार शरु जोशी श्रेष्ठले जानकारी दिनु भयो ।
बिपी प्रतिष्ठानमा बेथितिः धरान सरोकार समाजद्वारा तीनै तहका सरकारलाई ध्यानाकर्षण पत्र




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!