धरान / भारत सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि अक्सिजन प्लान्ट सहयोग गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमकोआयोजना गरेर नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठमार्फत धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि अक्सिजन प्लान्ट हस्तान्तरण गनु भएको हो ।
अक्सिजन प्लान्ट ग्रहण गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले भारत सरकारको यस सहयोगले अक्सिजनको अभावलाई पूर्ति गर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै भारतीय राजदूत क्वात्राले कोभिड– १९ संक्रमणका वेलामा अक्सिजन प्लान्टको आवश्यकता पर्ने भन्दै नेपाल र भारत छिमेकी देश भएका नाताले आपसमा निर्भर भएर काम गर्नुपर्ने बताउनु भयो ।
प्रतिष्ठानको कोभिड अस्पताल भित्र उक्त प्लान्ट राखिएको छ । यसको एक हजार लिटर प्रति मिनट क्षमता भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिनु भयो ।
उक्त समारोहमा प्रतिष्ठानको सिनेट हलबाट प्रतिष्ठानका तर्फबाट कन्फेरेनस कल मार्फत सहभागिता जनाइएको थियो । प्रतिष्ठानका तर्फबाट शैक्षिक डिन प्रा.डा. शिवेन्द्र झा, परीक्षा डिन प्रा.डा. श्याम थापा क्षेत्री, डेपुटी अस्पताल निर्देशक डा. दिव्यराज मिश्र, सहायक परीक्षा डिन डा. भावेष कोइराला, कोभिड अस्पताल प्रमुख प्रा.डा. ज्ञानेन्द्र मल्ल तथा कोभिड व्यवस्थापन टिमका सदस्यहरुका साथै अन्य प्रशासनिक, नर्सिङ, प्राविधिक कर्मचारीहरुको पनि सहभागिता थियो ।





















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!