काठमाडौं / राष्ट्रिय प्रजातनत्र पार्टीको अध्यक्षमा राजेन्द्र लङ्देन निर्वाचित हुनु भएको छ । निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गर्दै उहाँ अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
उहाँले प्रतिस्पर्धी थापाभन्दा २ सय मत बढी ल्याएर विजयी हुनु भएको छ । १ हजार ८१७ मत ल्याउदा थापाले १ हजार ६१७ मतमात्रै पाउनु भयो । निर्वाचन समितिका अनुसार अध्यक्ष मतदानमा ४२१ मत बदर भएको छ। अन्य पदाधिकारीहरुमा भने थापा प्यानलले जित हासिल गरेको छ ।
निवर्तमान अध्यक्ष थापाले आफनो हार स्विकार गदें आफ्नो हारमा पूर्व राजा ज्ञानेन्द्रलाई दोष लगाउनु भएको छ । उहाँले ट्वीटरमा लेख्नु भएको छ । ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना। प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु।’
उहाँले आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाउनु भयो । ‘मैले राहत र उन्मुक्ति पाएको छु। सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो।सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।’–उहाँले सामाजिक सञ्जालमा भन्नु भएको छ ।
यता महामन्त्रीमा लोकप्रिय नायिका रेखा थापा पराजित हुनु भएको छ । उहाँ कुन्ती शाहीसँग पराजित हुनु भएको हो । अध्यक्षमा विजयी राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्री पदमा उम्मेदवार भएकी थापा पराजित हुन भएको हो । निर्वाचन समितिका अनुसार विजयी पदाधिकारीको सपथ कार्यक्रम आज दिउँसो १ बजे हुनेछ ।





















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!