विराटनगर। प्रदेश १ सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सांसद विकास कोषलाई निरन्तरता दिएको छ।
प्रदेश.१ सरकारको सोमबार बसेको मन्त्री परिषद बैठकले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम(सञ्चालन नियमावली) पारित गरेसगै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सांसद विकास कोषले निरन्तरता पाएको हो ।
प्रदेश १ सरकारको मन्त्री परिषदको बैठकले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम(सञ्चालन नियमावली) पारित गरेको सामाजिक विकास मन्त्री माननीय जयराम यादवले जानकारी दिनु भयाे ।
मन्त्री परिषदको बैठकबाट प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम(सञ्चालन नियमावली) पारित भएसगै प्रत्यक्ष निर्वाचित प्रदेश सभा सांसदले आफ्नो निर्वाचन क्षेत्रमा १ करोड र समानुपातिक प्रदेश सांसदले ५० लाख खर्च गर्न पाउने कानूनी बाटो खुल्ने छ ।
आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्म्बोले स्थानीय तहमा सिधै निर्वाचन क्षेत्र विकास कार्यक्रमको पैसा खर्च गर्ने गरी अख्तियारी प्रदान गरिने निर्णय भएको बताउनु भयाे ।यसअघि निर्वाचन क्षेत्र विकास कार्यक्रमको पैसा मन्त्रलयबाट खर्च हुने व्यवस्था रहेको थियो । प्रदेश सरकारले गएको आर्थिक बर्ष ०७७–०७८मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि प्रति निर्वाचन क्षेत्र २ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो ।शेरधन रार्यको नेर्ततवको सरकारले ल्याएको चालु आर्थिक बर्षको बजेटमा यो कार्यक्रम समावेश गरिएको थिएन् ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!