Bijaypur Khabar
  • होम पेज
  • निर्वाचन विशेष
  • कृषी
  • समाचार
  • विकास / निर्माण
  • सम्पादकीय
  • व्यक्त्तित्व
  • पर्यटन/खेलकुद
  • स्वास्थ्य
  • विज्ञान
  • थप
    • विचार/ब्लग
    • साहित्य / मनाेरञ्जन
    • हाम्राे पालिका
    • अन्तरवार्ता
    • फिचर
    • देश बाहिर
    • पत्रपत्रिकाबाट
    • फोटो कथा
  • ई-पेपर
  • होम पेज
  • निर्वाचन विशेष
  • कृषी
  • समाचार
  • विकास / निर्माण
  • सम्पादकीय
  • व्यक्त्तित्व
  • पर्यटन/खेलकुद
  • स्वास्थ्य
  • विज्ञान
  • थप
    • विचार/ब्लग
    • साहित्य / मनाेरञ्जन
    • हाम्राे पालिका
    • अन्तरवार्ता
    • फिचर
    • देश बाहिर
    • पत्रपत्रिकाबाट
    • फोटो कथा
X

मधेस प्रदेश सरकारद्वारा किसानलाई राहत दिने

Gravatar 250 विजयपुर खवर संवाददाता
  • माघ २३, २०७८
  • २०८ पटक पढिएको
208 Shares
alt

जनकपुर / मधेस प्रदेश सरकारले बेमौसमी वर्षाबाट पीडित किसानलाई बल्ल राहत दिने तयारी गरेको छ । गत कात्तिकको अन्त्यतिर भएको वर्षाका कारण प्रदेशका विभिन्न जिल्लाका धानबालीमा ठूलो क्षति पु¥याएको थियो । “बेमौसमी वर्षाका कारण पीडित किसानलाई राहत वितरणको तयारी सुरुआत गरेका छौँ”, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी मनिषकुमार पालले भन्नुभयो, “यसका लागि निर्देशिका तयारी भइसकेको छ, तथ्याङ्क सङ्कलनको काम जारी छ ।” सबै जिल्लाका स्थानीय तहका जनप्रतिनिधिलाई पीडित किसानको नाम, क्षतिको विवरण र बैंक खाता पठाइदिन पत्राचार गरिसकेका उहाँको भनाइ छ । स्थानीय तहहरूबाट विवरण आउन ढिलाइ भएको र विवरण सङ्कलन भएसँगै राहत वितरण सुरु गरिने उहाँले जानकारी दिनुभयो । वर्षाका कारण भएको क्षतिको विवरणका आधारमा किसानलाई राहतस्वरुप खातामै रकम पठाइने उहाँको भनाइ छ । पीडित किसानलाई राहत दिने प्रदेश सरकारले घोषणा गरेको थियो । यसैबीच प्रदेश सरकारले किसानको समस्या पहिचान तथा समाधान गर्न उच्चस्तरीय समिति गठन गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवका संयोजकत्वमा गठन गरेको पाँच सदस्यीय उच्चस्तरीय समितिको सदस्यमा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री शत्रुधन महतो, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह र खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मालाई चयन गरिएको छ । समितिलाई कृषि तथा पशुपक्षी विकास, किसानको मलखाद, बीउबिजन तथा सिँचाइ समस्या, बिमाको अवस्था, डुबान कटानको अवस्था, कृषि यान्त्रिकीकरणको अवस्था र अगामी रणनीति, कृषि विद्युतीकरणको अवस्था, मधेस प्रदेशको भू–उपयोग नीति निर्माण एवं मधेस सरकारले कषि सुधारका लागि गरेको गतिविधिको समीक्षा एवं आगामी योजनाबारे नीति निर्माण गर्ने जिम्मेवारी दिइएको अर्थमन्त्री साहले जानकारी दिनुभयो । विगत छ महिनामै रु एक अर्ब ६० लाख राजस्व सङ्कलन कोरोना त्रासका बीच भन्सार कार्यालय मलिवाडा महोत्तरीले विगत छ महिनाका अवधिमा रु एक अर्ब ६० करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा रु एक अर्ब ७० करोड ७० लाख ७७ हजार लक्ष्य रहेकामा पुस मसान्तसम्ममा लक्ष्यको ९५ दशमलव दुई प्रतिशत अर्थात रु एक अर्ब ६० करोड राजस्व सङ्कलन भइसकेको छ । अन्य महिनाको तुलनामा माघमा सामान कम आयात हुने गरे पनि माघको दोस्रो सातासम्ममा लक्ष्यको आठ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन भएको भन्सारका प्रमुख भन्सार अधिकृत अमित पौडेलले जानकारी दिनुभयो । मुख्यतः सो नाकाबाट डिजेल, पेट्रोलसहित गहुँ, चामल, आलु, प्याज, फलफूल, बेसार, तरकारी, टायल्स, मार्बललगायतका सामग्रीको भारतबाट आयात हुने गरेको जनाइएको छ । डिजेल, पेट्रोलको आयात बढेको र खाद्यान्न सामग्रीसमेत बढी आयात भएकाले राजस्व सङ्कलनमा वृद्धि भएको प्रमुख पौडेलको कथन छ । अघिल्लो आव २०७७/७८ मा सो कार्यालयको वार्षिक लक्ष्य रु ७९ करोड ६५ लाख रहेकामा रु एक अर्ब ६२ करोड ८८ लाख राजस्व सङ्कलन गरेको थियो ।

सम्बन्धित समाचार
मौलिक संस्कृति पुस्तान्तरणका लागि हङकङमा ‘सिसेक्पा तङनाम’ उत्सव मौलिक संस्कृति पुस्तान्तरणका लागि हङकङमा ‘सिसेक्पा तङनाम’ उत्सव
 पब्लिक माविलाई  डिजिटल स्मार्ट बोर्ड सहयोग पब्लिक माविलाई डिजिटल स्मार्ट बोर्ड सहयोग
मिटरब्याजबाट प्रभावितको माग सम्बोधन गर्न वार्ता टोली गठन मिटरब्याजबाट प्रभावितको माग सम्बोधन गर्न वार्ता टोली गठन
  • भर्खरै
  • लाेकप्रिय
मौलिक संस्कृति पुस्तान्तरणका लागि हङकङमा ‘सिसेक्पा तङनाम’ उत्सव
पब्लिक माविलाई डिजिटल स्मार्ट बोर्ड सहयोग
मिटरब्याजबाट प्रभावितको माग सम्बोधन गर्न वार्ता टोली गठन
यातायात मजदुर व्यवसायीले बनाए संयुक्त समिति, आवश्यक परे सडक संघर्ष गर्ने
बीपी प्रतिष्ठानकी नयाँ उपकुलपतिका प्रतिवद्धताः आर्थिक सुधार, प्रविधिमैत्री प्रतिष्ठान र एमआरआई मेसिन खरिद
धरानको ऐतिहासिक ‘गौरी कुवा’ मा ढुङ्गे धारा र पानी ट्याङ्की निर्माण
ऊर्जा ध्यानमार्फत स्वस्थ समाज निर्माणमा जोड
आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने
नवोदयमा विद्यार्थीलाई अनलाइन ठगीबारे सचेतना
आफ्नो सुविधा छाडेर एम्बुलेन्स किन्ने यि गाउँपालिका प्रमुख
वडा र वडावासी बदल्ने धरानका कान्छा वडाध्यक्षको सपना
आफ्नो तलव सामाजिक काममा खर्च गर्ने वडा अध्यक्ष
अधुरा काम पुरा गर्न मेरो उम्मेद्वारी – कृष्ण भट्टराई
जोगमनी–धरान छ लेन सडकः धरान विच बजारबाटै जाने
धन्यवाद कम्युनिष्ट सरकार ! मासिक एक सयबाट सुरु गरेको बृद्धभत्ता अब मासिक ३ हजार 
एक महिनामा २३८ फरार अभियुक्तहरु पक्राउ, टोले दादा , गुण्डाहरुको भागाभाग
धरानमा कालो ढुस्सी सङक्रमण भएको विरामी भेटिए
विदेश अध्ययनमा जानका लागि पुल बन्दैं धरानको इडेन एकेडेमी
Bijaypur Khabar
Bijaypur Khabar

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा

Copyright © 2019 / 2026 - Bijaypur Khabar All rights reserved

  • नेपाली बाट युनिकोड
  • युनिकोड बाट नेपाली
  • Website By : Hash Tech Logic