धरान / प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेश १ को खेलकुद क्षेत्रको विकासका लागि सरकारले पूर्वाधार निर्माणमा केन्द्रित भएको बताउनु भएको छ ।
धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय स्तरिय बास्केटवल प्रतियोगाको मङ्गलबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री राईले प्रदेशमा खेलकुद क्षेत्रको पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा खेल क्षेत्रलाई प्राथमिकतामा राख्ने पनि बताउनु भएको छ ।
खेलकुद क्षेत्र महत्वूर्ण भएकोले शिक्षासँगै खेललाई पनि हरेक विद्यालयहरुले अगाडी बढाउन आवश्यक रहेको मन्त्री राईले बताउनु भयो । ‘स्वस्थ राष्ट्र बनाउन र राष्ट्र चिनाउनका लागि खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने भएकाले खेल क्षेत्र सवैको प्राथमिकतामा हुनु पर्छ ।’–मन्त्री राईले भन्नु भयो–‘खेलक्षेत्रबाट राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न सकिन्छ ।’
उदयीमान दिवंगत बास्केटवल खेलाडी रेवाहाङ राईको स्मृतिमा गराइएको प्रतियोगिता उहाँका पिता रेवतीरवण राई र माता सुजता राईको पहलमा धरान मेघा हिमालयन कलेजले गरेको हो ।।
चैत्र १९ गते सम्म सम्पन्न हुने प्रतियोगिताका विजेताले नगद पन्द्र हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद सात हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । उद्घाटन कार्यक्रममा नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, धरान उपमहानगर प्रमुख तिलक राई, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीलगायतको उपस्थिति रहेको थियो ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!