- रोमा छेत्री
वैरातीसाल जोत, न्यू रङ्गिया, सिलगढ़ी (भारत)
थियो एउटा पिञ्जरा
आफैमा अलग, अनौठो।
थिएन त्यसमा कुनै खाँचो
थिए त मात्रै केवल एउटा दैलो।
रहन्थ्यो जो सदा खुल्ला
निस्केर सुगा त्यहाँबाट
उड़्न सक्थ्यो जहिले पनि
उन्मुक्त गगनमा।
तर.....
पिञ्जराको त्यो सुगा
उड़ेन कहिल्यै पनि
उसलाई कैद गरेको थियो
उसको आफ्नै सोंचले।
लाग्छ, कहिले काहीँ हामी पनि
यस्तै पिञ्जराको एउटा सुगा न हौ!
000000



















