धरान / अपाङ्गता भएका यज्ञ राना मगरको जीविकोपार्जन सहज बनाउने उद्देश्यले कागते समूहले देश तथा विदेशमा रहेका सहयोगदातासँग आर्थिक सहयोगको अपिल गरेको छ ।

सानै उमेरमा बिरामी परेपछि एउटा हात र खुट्टा राम्ररी नचल्ने भएका मगर सुन्न, बुझिने गरी बोल्न र हिँडडुल गर्न सक्छन् । हाल उहाँ भतिजी र ज्वाइँको घरमा बस्दै आएउनु भएकाे  छ ।

मगरलाई आत्मनिर्भर बनाउने उद्देश्यले समूहले चप्पल, टपरी वा साबुन बनाउनेमध्ये कुनै एक मेसिन खरिद गरिदिने योजना अघि सारेको छ । सहयोगका लागि भिडियोसहित सामाजिक सञ्जाल फेसबुकमार्फत अपिल गरिएको समूहले जनाएको छ । मेसिन सञ्चालनमा भतिजी र ज्वाइँले उहाँलाई सहयोग गर्नेछन् ।

समूहका सदस्य कुमार श्रेष्ठका अनुसार सहयोगबाट संकलित रकमले मेसिन खरिद गरी एक समारोहका बीच मगरलाई हस्तान्तरण गरिनेछ । मेसिनको सहायताले मगरलाई आयआर्जनमा जोड्दै आत्मनिर्भर बन्न सहयोग पुग्ने अपेक्षा गरिएको श्रेष्ठले बताउनु भयाे । 

कागते समूहले यसअघि पनि बिरामीको उपचार, पर्व तथा विद्यालयलगायतका सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।