धरान / स्थानीय भवन निर्माण व्यवसायी संघ, धरानले व्यवसायीहरुलाई नेतृत्व तथा व्यवहारिक जीवनमा आइपर्ने कठिनाईलाई समाधान गर्ने सिपबारे तालिम प्रदान गरेको छ ।
संघसँग आवद्ध व्यवसायीहरु आफ्नो व्यवसायमा मात्र नभएर संघ संस्थाको नेतृत्व तहमा पुगेर काम गर्न सकुन र व्यवहारिक जीवन आइपर्ने कठिनाई सहजरुपमा समाधान गर्न सकुन भनेर तालिम प्रदान गरिएको संघका अध्यक्ष नारायण लिम्बुले जानकारी दिनुभयो ।
मंगलबार भएको एक दिवसीय तालिमको सहजिकरण प्रशिक्षकद्वय देवेन्द्र कार्की र दोर्पध्वज राईले गर्नु भएको थियो । तालिममा आफ्नो व्यवसायलाई कसरी मजबुद बनाउने, संघ संस्याहरुको नेतृत्वमा किन जाने र कसरी नेतृत्व गर्ने, दैनिक आफुले गर्ने कामका ेकार्ययोजनालगायत समाजमा आफ्नो भूमिका खोज्नेबारे प्रशिक्षकहरुले सहभागितहरुलाई जानकारी गराउनु भएको थियो ।
व्यवसायी दक्षता र नेतृत्व विकासका लागि संघमा आवद्ध पदाधिकारीहरुको आर्थिक सहकार्यमा ३५ जना भन्दा बढी व्यवसायीहरुलाई तालिम प्रदान गरिएको संघका महासचिव हरीबहादुर कार्कीले जानकारी दिनु भयो ।