सप्तरी/ तराई मधेसमा दसैँमा ढोल ९नगरा० बजाउने चलन लोपोन्मुख  हुँदै गएको छ । घरआँगनमा ढोल बजेपछि मात्र दसैँ आएजस्तो लाग्थ्यो । अहिले दसैँंंमा ढोल बजाउन छोडेपछि दसैँ आएको जस्तै लाग्दैन सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाकी ९५ वर्षीया जशोधिया चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “दसैँंको सुरुआतसँगै घटस्थापनाकै दिनदेखि टोलटोलका प्रत्येक घरआँगनमा ढोल बजेको आवाज सुनेपछि दसैँं आएको भित्रैबाट महसुस हुन्थ्यो । अहिले प्रत्येक वर्ष दसैँ त आउँछ तर ढोल बजाउन कोही आँउदैन । ढोल बज्दा जुन दसैँको आन्नद आउँथ्यो । अहिले त्यो आनन्द महसुस हँुदैन । दसैँ आएको जस्तै लाग्दैन उहाँले भन्नुभयो । ”

दसैँ सुरु हुनुअघि नै घरआँगन सफा गरेर लिपपोत गरिन्थ्यो । घटस्थापनाको दिनदेखि नै एकाबिहान ढोल बोकेर राम ९चमार० समुदायका व्यक्ति घर आउने र आँगनमा चारपाँच फन्को लगाएर ढोल बजाएको दृश्यले भित्रैैबाट दसैँको खुसीयाली महसुस गराएपछि छुट्टै आनन्द लाग्ने गरेको उहाँले बताउनुभयो ।

विसं २०६२/६३ को मधेस आन्दोलनले पहिचानसहितको अधिकार सुनिश्चित गरेसँगै दसैँमा अनिवार्य ढोल बजाउने प्रथा दिनप्रतिदिन हराउँदै गएको हो । तराई मधेसमा राम ९चमार० समुदायले ढोल बजाउँदै आए पनि त्यहीँ आन्दोलनपछि यो पेसालाई तल्लो दर्जा महसुस गरी सामूहिक रूपमा ढोल बजाउन छाडेपछि घरआँगनमा ढोल बजाउने परम्परा हराउँदै गएको राजविराज नगरपालिका–१३ का ७० वर्षीय सुखिया रामले बताउनुभयो ।

विजयादशमी अर्थात् दसैँको अन्तिम दिन ढोल बजाउने ढोलहालाई घरधनीले पैसा, चापल, लुगा जेजे सकिन्छ दिने चलन रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि अष्टमी, नवमी र दशमीको दिन कतैकतै मन्दिरमा ढोल बजाउने चलन अझै कायम छ । समुदायमा गएर घरआँगनमा ढोल बजाउन छाडेपछि चमार समुदायको पेसा सङ्कटमा परेको छ । दसैँैमा एक दिनमा २०० घरमा ढोल बजाउँदा त्यतिबेला डेढदेखि दुई लाख आम्दानी हुँदा एक वर्षसम्म घर गृहस्थी चलाउन थप सहयोग हुने गरेको थियोे । हाम्रो जातजातिको धनी परिवारलाई यसले असर नपारे पनि दसैँमा ढोल बजाउने ढोलहाको परिवारलाई आर्थिक रूपमा सङ्कट परेको राजविराज नगरपालिका–१ की ८० वर्षीया जशोधियादेवी रामले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ढोल बजाउन रोक लागेपछि धनी परिवारलाई समस्या नभए पनि विपन्न परिवारलाई अत्यधिक समस्या हुँदै आएको छ । हाम्रो परम्परादेखिको संस्कृति र पहिचानसमेत लोप हुँदै गएको उहाँले बताउनुभयो ।

यसैबीच जिल्लाको छिन्नमस्ता गाउँपालिकाका शिवु राम दुई दशकदेखि लोप हुँदै आएको परम्परा निरन्तरता दिन गत वर्षदखि दसैँका अवसरमा दिनहुँ बस्तीमा भएको प्रत्येक घरमा गएर ढोल बजाउँदै आउनुभएको छ । दसैँंंमा दुई दशकदेखि ढोल बजेको नदेखेपछि हाम्रो परम्परा र संस्कृति लोप हुन थालेको महसुस गरेर वडाध्यक्षको अनुमति लिएर ढोल बजाउन थालेको उहाँले बताउनुभयो । दुई दशकपछि छिन्नमस्ता गाउँपालिकमा ढोल बजाएको हेर्न पाउँदा पुरानो दसैँ ताजगी भएको महसुस भएको स्थानीयवासीको भनाइ छ ।