धरान / धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मनोसामाजिक समस्याको पहिचान, परामर्श तथा उपचारका लागि मनोसामाजिक परामर्श डेस्क स्थापना गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कात्तिक २० गते आएको निर्देशनअनुसार प्रतिष्ठानले कात्तिक २३ गतेदेखि सेवा सञ्चालन गरेको हो ।
प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख प्रा।डा। धनरत्न शाक्यको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको प्रवक्ता प्रा।डा। अन्जु प्रधानले जानकारी दिनुभयो। जेन–जेड आन्दोलनपछि केही व्यक्तिमा मनोसामाजिक समस्या देखिन थालेपछि तिनको द्रुत पहिचान र उपचारका लागि डेस्क स्थापना गरिएको उहाँले बताउनुभयो।
उनका अनुसार प्रतिष्ठानको मानसिक स्वास्थ्य ओपीडीमा सञ्चालनमा आएको उक्त डेस्कमार्फत सेवाग्राहीले निःशुल्क तथा नियमित परामर्श सेवा प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
“मन्त्रालयको परिपत्र आएपछि हामीले कात्तिक २३ गतेदेखि नै सेवा सुरु गरेका हौँ,” प्रवक्ता प्रधानले बताउनुभयो, “तर अहिलेसम्म कसैले सेवा लिएको छैन ।”
प्रतिष्ठानले मनोसामाजिक समस्या भएको आशंका भएका व्यक्तिहरूलाई आवश्यक परामर्शका लागि ओपीडीमा उपलब्ध डेस्कमा सम्पर्क गर्न आग्रह गरेको छ ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!