काठमाडौं / नेकपा (एमाले) का नेता महेश बस्नेतले पार्टीभित्र प्रतिस्पर्धा बढाउने प्रयास अनुचित भएको टिप्पणी गर्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कडा चुनौती दिनु भएकाे छ।
आसन्न महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नु भएका पोखरेलमाथि तीव्र असन्तुष्टि व्यक्त गर्दै बस्नेतले यस्ताे चेतावनी दिनु भएकाे हाे ।
सामाजिक सञ्जालमार्फत पोखरेलमाथि गरिएकाे टिप्पणी यति बेला सनमाजिक सञ्जालमा भाइरल बनेबाे छ ।
उहाँले पोखरेललाई लक्षित गर्दै भन्नु भएकाे छ, “यदि योगदान गर्न सकिन्छ भने नि:शर्त एकता आवश्यक छ, यदि सकिँदैन भने सहर्ष विदाइ नै ईश्वर पोखरेलका लागि उचित विकल्प हो।”
महाधिवेशनको पूर्वसन्ध्यामा सार्वजनिक भएको बस्नेतको यस्तो टिप्पणीले एमालेभित्रको नेतृत्व बहसलाई थप चर्को बनाएको छ।





















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!