धरान । धरानस्थित पर्वत बोर्डिङ स्कुलकी युनिशा राईले स्कुल डान्स आइडल २०८२ सिजन–९ को उपाधि जित्नु भएको छ। फाइनल प्रतियोगितामा युनिशा राई प्रथम स्थान हासिल गर्न सफल भएकी हुन् र उनले नगद एक लाख रुपैयाँ, ट्रफी, प्रमाणपत्र र सिल्भर क्राउन पाउनु भएको छ।

प्रतियोगितामा दोस्रो स्थानमा भिक्टोरी स्कुलकी टीका मगर रहनु भएको छ, जसले नगद पचास हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनु भएको छ। तेस्रो स्थान बिष्णु स्कुलकी इशा राई ले हासिल गर्नु भएको छ र नगद पच्चीस हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नु भएको छ। सान्त्वनामा होलिल्याण्ड स्कुलका हिमाल तामाङले नगद पाँच हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनु भएको छ।

विजेता प्रतियोगीहरुलाई धरान उपमहानगरपालिका उप–प्रमुख आइन्द्रविक्रम वेघाले पुरस्कार प्रदान गर्नु भएको थियो। प्रतियोगिता सम्बन्धी जानकारी दिँदै युनाइटेड डान्स एकेडेमीका निर्देशक सन्तोष तामाङले भन्नु भएको छ कि विगत ९ वर्षदेखि विद्यालयस्तरका बालबालिकाहरुको नृत्य कला विकास गर्न डान्स आइडल प्रतियोगिता आयोजना हुँदै आएको छ।

कार्यक्रम संस्थाकी अध्यक्ष तृष्णा राईको अध्यक्षतामा सम्पन्न भएको थियो भने दर्शक र अभिभावकहरूको उल्लेख्य उपस्थिती रहेको थियो।