काठमाडाै । विश्वकर्मा पूजाको दिन सवारीसाधन र मेसिनको पूजा गरेर मनाइन्छ । विश्वकर्माको पूजाले यातायातका साधनको सुरक्षा, दुर्घटना टर्ने र व्यवसायमा समृद्धि आउने कामना गरिन्छ । व्यवसायीक बाधा हटाउने र प्रगति हुने विश्वास गरिन्छ । विश्वकर्मा पूजाकै दिन जन्मिएका पूण्यप्रसाद सिटौला (सरोज) यातायात क्षेत्रका सफल व्यवसायी र यातायात व्यवसायी मजदुरका भरोसायोग्य नेता हुनुहुन्छ ।
धार्मिक रुपमा भगवान विश्वकर्माको जन्मजयन्ती र सृष्टिको स्मरण, सांस्कृतिक रुपमा श्रमिक र प्रविधि क्षेत्रको सम्मान, आर्थिक रुपमा व्यापार, व्यवसायमा प्रगति र सुरक्षा, सामाजिक रुपमा व्यवसायी, श्रमिक एकता र सृजनात्मक कर्मको प्रेरणाको प्रतिक भएजस्तै सरोज सिटौला पनि त्यसैको प्रतिबिम्ब हुनुहुन्छ ।
सरोज पनि विश्वकर्मा जन्मिएकै दिन जन्मिए, सांस्कृतिक रुपमा यातायात मजदुरीनै गरेर हुर्किए, आर्थिक रुपमा यातायात मजदुरी र व्यवसायी हुँदै व्यवसायीक प्रगतिका पाइलाहरु टेके र सामाजिक रुपमा मजदुर, स्वरोजगार र व्यवसायीहरुको एकताको मियो र अधिकारको अभियानमा अभियन्ता बन्नु भयो ।
व्यवसायीक हक, हित, अधिकार र सुरक्षाका लागि निरन्तर योद्धा सरोज सिटौला जसको नसामा रगतसंगै यातायात दौडिरहेको छ । सरोज सिटौला जसको मुखबाट आवाज मात्रै होइन साइलेन्सरको धुँवासंगै मिसाइल निस्किरहेको छ ।
सरोज सिटौला बुकिङ यातायात मजदुर हुँदै यातायात व्यवसायमा फड्को मार्नु भयो । देशभरीका यातायात व्यवसायीहरुका छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्ष, महासचिव, हुँदै वरिष्ठ उपाध्यक्ष हुँदैं भरखरै पोखरामा सम्पन्न महाधिवेशनबाट अध्यक्ष भएर जीवनका उर्वर समयहरु व्यवसायीक हितका लागि अर्पण गरिरहनु भएको छ ।
अनेक संघर्षबाट उदाउनु भएका सरोज भन्नुहुन्छ–‘मैलै महासंघको तहगत प्राय सबै पदहरुलाई इमान्दारीपूर्वक पूरा गरेकोछु । जीवन यही क्षेत्रमा विताएको छु । आम व्यवसायीले मलाई अध्यक्षको जिम्मेवार िदिनु भएको छ । सातौं महाधिवेशनबाट व्यवसायीका प्रतिनिधिहरुले मलाई सुम्पिनु भएको कार्यभार इमान्दारतिाका साथ पुरा गर्ने छु ।
जन्म र कर्मको संयोगले विश्वकर्माको सेवामा लागेको ३८ वर्ष पुरा भएको छ । सरोज सिटौला यातायात क्षेत्रसंग जोडिएको २०४५ सालदेखि नै हो । उहाँ एकपटक गाडी खरिद गरेर व्यवसायी र कसैको दयामायाले व्यवसायीका नेता बनेको सौभाग्यशाली मान्छेमा पर्नुहुन्न । उहाँ मैदानबाट उठेर दुःख र संघर्ष गर्दै अघि बढेका मेहनती र साहसी योद्धा हुनुहुन्छ । अर्को संयोगको विषय के छ भने सरोज सिटौलाले जीवनमा गरेको पेशा पनि यातायात क्षेत्र नै हो । जीवनको सुरुवातीदेखि हालसम्म उहाँले रोजेको र गरेको पेशा यातायात सेवा नै हो । सरोज सिटौलाका विगत सम्झदै भन्नुहुनछ–‘२०४५ साल भदौ ५ गते झापाको काकडभिट्टाबाट बुद्ध ट्राभल्स नामको नाईट बसको ‘ए’ को ५ नम्बर सिटमा ९६ रुपैयाँ भाडा तिरेर काठमाडौं आएको हुँ । काठमाण्डौं आएपछि बागबजारको पुराना बसपार्कमा मजदुरी गर्नथालेको हुँ । मजदुरबाट दुःखकासाथ व्यवसायीहुँदै व्यवसायीको प्रतिनिधिमुलक संस्था यातायात व्यवसायी महासंघको २०६३ साल भदौ १७, १८ र १९ गते बुटवलमा भएको महाधिवेशनबाट केन्द्रीय कोषाध्यक्ष बनेर व्यवसायीहरुको हक, हित, अधिकार र सुरक्षाका लागि बोल्न र गर्न थालेको हुँ । तीन कार्यकाल लगातार केन्द्रीय कोषाध्यक्षका रुपमा भूमिका निर्वाह गरेँ ।
दुई पटक लगातार केन्द्रीय महासचिब भूमिका निर्बाह गर्दै ललितपुरको गोदावरी महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षका रुपमा सम्पूर्ण जीवन यातायात व्यवसायीका मुद्धामा अहोरात्र खटेर निरन्तर काम गरिरहेको छु । अहिले अध्यक्षको जिम्मेवार िआएको छ । पछिल्ला समय देशको राजनीतिक उथलपुथलकाबीच उत्पन्न जटिल परिस्थितीका बावजुत व्यवसायीका मुद्धालाई सरकार समक्ष राख्ने, वकालत गर्ने, दवाव सिर्जना गर्ने काममा सबै नेताहरु र यातायात सम्बध मजदुर संगठनका प्रतिनिधिहरुको समेत साथ लिएर काम गरिरहेको छु । मैले साझा र सबैको प्रतिनिधि बनेर काम गरिरहको छु ।
मेरो जीवनमा पञ्चायती व्यवस्था अन्त्यको २०४६ को आन्दोलन र परिवर्तन, जनयुद्ध, तराई मधेशको आन्दोलन र ०६२र६३ को जनआन्दोलन र परिवर्तनका उतार चढाबहरुलाई प्रत्येक्ष अनुभव गरिएको छ । म सम्झन चाहन्छु कि २०६२।६३ को जनआन्दोलनमा देशभरका यातायात सवारीहरु थन्क्याउनुहोस्, ब्याज मिनाहा गरिदिन्छौं आन्दोलनमा सहयोग गर्नुस् भनेर गीरीजाप्रासद कोईरालाले आह्वान गर्नुभएपछि हामी आन्दोलनमा सहभागी भयौं । यसरी यातायात व्यवसायीका मुद्धाहरुका विषयमा समेत निरन्तर लाग्दै आएँ । संविधानसभाबाट नयाँ संविधान आउँदै गर्दा यातायात क्षेत्रका विषयहरुलाई समेत संबोधन गर्ने अभियानमा समेत लागियो ।
आफ्ना अभिष्ट पुरागर्न राजनीतिक दल, नेताहरुले यातायात क्षेत्रलाई उपयोग गरे तर सरकारमा पुगिसकेपछि यातायात क्षेत्रको मर्म बुझ्ने प्रयास कसैले पनि गरेनन् । यस विषयमा आफुलाई सधैँ दुःख लागेको उहाँ बताउनु हुन्छ ।
जहाँ सडक, त्यहाँ विकास । अहिले जुनसुकै विकट ठाउँहरु राजधानीसंग जोडिएको छ । विकासको मेरुदण्ड यातायात हो, यसैबाट आर्थिक समृद्धिको यात्रा समेत अघि बढ्छ भन्ने कुराको महत्वलाई सार्थक तुल्याउनका लागि लागिरहेको बताउनु भयो । यातायात क्षेत्रलाई लगानी मैत्री बनाउने, यात्रुमैत्री बनाउने, पेशा गर्ने मजदुर मैत्री बनाउने यि तीनवटा विषयलाई प्राथमिकतामा राखेर नेतृत्व गरिरहेकोछु ।
म मा यस्तो आत्मविश्वास जाग्नुको मुख्य कारण व्यवसायीको काम गर्नका लागि मलाई राजनीतिक असहजताले कहिल्यै रोक्न सकेन । म जस्तोसुकै असहजतामा पनि काम गर्नसक्छु । भूकम्प, प्राकृतिक प्रकोप, कोभिड महामारीमा पनि आफ्नो ज्यान नभनी व्यवसायी, स्वरोजगार र मजदुरहरुको काममा डटेर लागेको छु । मेरो व्यक्तिगत जीवन, घर परिवार भन्दा पहिलो प्राथमिकता यातायात व्यवसायीहरुको सेवा हो । म जन्मिएकै यातायातकर्मको लागि हो । मेरो धर्म यातायात व्यवसायीको सुरक्षा, मेरो कर्म यातायात व्यवसायीको सेवा हो । अबको मेरो जीवन नेपालको सार्वजनिक यातायात क्षेत्रलाई सुधार गर्न भूमिका खेल्छु । सार्वजनिक यातायात क्षेत्रमा राज्यको संलग्नताका लागि काम गर्छु ।
नेपालको सार्वजिनक यातायात क्षेत्रको विकास र विस्तारका लागि धेरै कुरा गर्नुपर्ने छ । अधिकारसम्पन्न प्राधिकरणले मात्रै नेपालको यातायात क्षेत्रको उन्नति प्रगति हुन्छ । जसलाई लगानीमैत्री, मजदुर, कर्मचारीमैत्री बनाउन सकिन्छ, जसलाई यात्रु उपभोक्तमैत्री बनाउन सकिन्छ । समग्रमा नेपालको संघीय प्राधिकरण र प्रादेशिक प्राधिकरण नै भोलिको समृद्ध यातायात क्षेत्रको उपयुक्त विकल्प हो ।
सरोज सिटौला भन्छन्, सवारी तथा यातायात व्यवस्था ऐन २०४९ लाई समयसापेक्ष संशोधन गर्नुछ । कानुनलाई लगानीमैत्र, यात्रुमैत्री, श्रमिकमैत्री र हाम्रो पूर्वाधार अनुकुल बनाउनुछ । यातायात नीति २०५८ लाई समयसापेक्ष बनाउँदै बढ्दो निजी लगानीलाई नियमन गर्दै यातायात क्षेत्रमा सरकारलाई समेत जोड्नुछ । बढ्दो सडक दुर्घटना न्यूकीकरणका लागि सडक सुरक्षा परिषद् ऐन र स्थायी संरचना बनाउनु छ ।
नेपालको सार्वजनिक यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै जीपीएस प्रणाली र यात्रुको सुविधाका लागि अनलाइन टिकेटिङको व्यवस्था गर्नुछ । देशका महत्वपूर्ण सहरका सवारीहरुमा नगदरहित कारोबारमा जानुपर्छ । यातायात क्षेत्रमा काम गर्ने मजदुरहरुलाई सामाजिक सुरक्षा योजनाभीत्र समेट्दै उनिहरुको रोजीरोटीको ग्यारेन्टी गर्नुछ । यि सवे काम गर्न अव मलाई मजदुर संगठन र यातायात व्यवसायी सबैको सहयोगको आवश्यकता छ ।
देशको सार्वजनिक यातायात सेवा क्षेत्र कस्तो हुने भन्ने विषयमा अन्यौलता रहेको र सार्वजनिक यातायात सेवा क्रमशः भद्रगोल बन्दै गइरहेको अवस्थामा सरकारलाई सुझाव प्रस्तुत गर्नेगरी विज्ञहरुकोे सहयोगमा अबको सार्जजनिक यातायात सेवा बारे बृहत कार्यशाला गर्ने छु । यि सम्पूर्ण काम गर्न सबैको साथ र सहयोगको अपेक्षा गरेको छु । (भीमज्वाला राईसँको कुराकानीमा आधारित)



















