धरान । धरान–१५ स्थित हिविसकस इङलीस बोर्डिङ स्कुलमा हाउस क्याप्टेन तथा विद्यालय क्याप्टेन निर्वाचनको माध्यमबाट छनौट गरिएको छ ।
विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको निर्वाचन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको विद्यालयले जनाएको छ । विद्यालयअन्तर्गत रहेका विभिन्न हाउसका विद्यार्थीहरूले लोकतान्त्रिक प्रक्रियामार्फत आफ्ना प्रतिनिधि चयन गरेका हुन् । उक्त प्रक्रियाबाट विद्यार्थीहरुले निर्वाचन सम्बन्धि ज्ञान हासिल गर्ने अवसरसमेत पाएको विद्यलायका निर्देशक गंगाराम राईले जानकारी दिनु भयो ।
निर्वाचनबाट यलो हाउसको क्याप्टेनमा रिदिमा गुप्ता तथा उपक्याप्टेनमा नाम्सा माबो निर्वाचित हुनुभएको छ । त्यसैगरी, रेड हाउसको क्याप्टेनमा सेसेमा लिम्बु ‘बी’ तथा उपक्याप्टेनमा सोनिम शेर्पा चयन हुनुभएको विद्यालयले जनाएको छ ।
यसैगरी, ग्रीन हाउसको क्याप्टेनमा अटल योगी तथा उपक्याप्टेनमा लेशन शेर्पा निर्वाचित हुनुभएको छ भने ब्लु हाउसको क्याप्टेनमा मिशन राई तथा उपक्याप्टेनमा रेश्मा तामाङ चयन हुनुभएको छ । विद्यालयस्तरीय नेतृत्वतर्फ स्कुल क्याप्टेनमा प्रज्ञान राई तथा उपक्याप्टेनमा आयुष श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
विद्यालयका निर्देशक गंगाराम राईले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई जिम्मेवार, अनुशासित तथा नेतृत्वदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । निर्वाचन कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।




















