• देवेन्द्र कार्की 

प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमण हुँदै गर्दा आम नागरिकको एउटा ठूलो चासो थियो । कालापानी, लिपुलेक र लिम्पियाधुराको विषय उठान हुन्छ कि हुँदैन रु व्यापार, पारवहन र अन्य विषय त झन् यावत् थिए । तर प्रम साहको भारत भ्रमणले यी विषय उठान गरेर नेपालको व्यापार व्यवसाय प्रवद्र्धनसँगै राष्ट्रियताको मुद्दा उठ्ला भन्ने थियो तर यस्ता विषय तपसिलमा रहनु विडम्बना हो । प्रधानमन्त्रीको भारत भ्रमण केवल औपचारिक भेटघाट र संयुक्त विज्ञप्ति जारी गर्ने अवसर मात्र होइन । यो राष्ट्रिय हित, सार्वभौमिकता र वर्षौंदेखि थाती रहेका द्विपक्षीय मुद्दामा नेपालको अडान प्रस्तुत गर्ने महत्वपूर्ण कूटनीतिक मञ्च पनि हो । तर प्रधानमन्त्री साहको भारत भ्रमणपछि सार्वजनिक भएको संयुक्त विज्ञप्ति र भारतीय विदेश सचिव विक्रम मिश्रीको अभिव्यक्तिले आम नेपालीलाई निराश बनाएको छ । नेपालको भूभागसँग जोडिएको कालापानी, लिपुलेक र लिम्पियाधुराको विषय प्रधानमन्त्रीको प्राथमिकतामा थियो कि थिएन रु यो प्रश्न तपसिलमै रह्यो । 

नेपाल–भारतबीचको सीमा विवाद नयाँ होइन । सन् २०१९ ९वि।सं। २०७६० मा भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्दा कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो दाबी गरेपछि विवाद सुरु भएको थियो । ती क्षेत्र नेपालको अभिन्न भू–भाग भएको दाबीसहित नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्नुका साथै संसदबाट समेत अनुमोदित भएको थियो । त्यसैले यो नक्सा कुनै सरकारको क्षणिक राजनीतिक निर्णय मात्र होइन, राज्यको आधिकारिक दाबी पनि हो । यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीको भारत भ्रमण हुँदा स्पष्ट कुरा उठ्नु र त्यसको आधिकारिक अभिलेख रहनु स्वाभाविक अपेक्षा हो ।

तर संयुक्त विज्ञप्तिमा सीमा समस्यालाई सामान्य शब्दमा समेटियो । सीमास्तम्भको मर्मतसम्भार र पुनःस्थापनामा भएको प्रगतिप्रति सन्तुष्टि जनाउँदै बाँकी समस्यामा काम गर्न दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिने उल्लेख गरियो । कुन सीमा समस्या रु कुन भूभाग रु कुन समयसीमाभित्र समाधानको पहल गर्ने रु विज्ञप्ति यी प्रश्नमा मौन देखिएको छ ।

झन् भारतीय विदेश सचिवले प्रधानमन्त्रीस्तरीय वार्तामा लिपुलेकको विषय नै नउठेको स्पष्ट पार्नुले नेपालको कूटनीतिक प्रस्तुति कमजोर देखियो । भारत र चीनबीच लिपुलेक नाकाबाट व्यापार सञ्चालन गर्ने विषयमा नेपालको आपत्ति रहँदै आएको छ । नेपालको सार्वभौमिकतासँग जोडिएको यस्तो विषयमा भारतसँग प्रत्यक्ष संवाद गर्ने अवसर प्रधानमन्त्रीले उपयोग गरे कि गरेनन् भन्ने प्रश्न अब सार्वजनिक बहसको विषय बनेको छ । भारत–चीनबीचको व्यापार सम्झौताबारे समेत कुनै विषय प्रधानमन्त्रीले उठाउन सकेनन् ।

प्रधानमन्त्री साहको विगतको सार्वजनिक अभिव्यक्तिसँग अहिलेको व्यवहार तुलना गर्दा प्रश्न अझ पेचिलो हुन्छ । काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा उनले लिपुलेक नेपालको भूमि भएको विषय चीनसँग उठाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिकरूपमा आग्रह गरेको विषय पनि आम जनमानसमा ताजै छ । त्यसबेला उनको अभिव्यक्तिमा राष्ट्रिय स्वाधीनता र भूअखण्डताको प्रश्न प्रमुख थियो । तर अहिले आफै प्रधानमन्त्री भएर भारतीय समकक्षीसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाउँदा त्यही मुद्दा वार्तामा प्रवेश नै नगरेको भारतीय पक्षको भनाइले आम नेपालीलाई निराश बनाएको छ । यसले उनको अघिल्लो अडान र अहिलेको कूटनीतिक प्राथमिकताबीचको अन्तरलाई सार्वजनिक बहसमा मात्र ल्याएनन्, प्रम साहको बोलाइ र काम गराइको शैली पनि उजागर गरेको छ । 

कूटनीतिमा सबैकुरा सार्वजनिक मञ्चबाटै भन्नुपर्छ भन्ने छैन । कतिपय संवेदनशील विषय बन्द कोठाभित्र पनि उठाइन्छन् । तर भारतीय विदेश सचिवले नै लिपुलेकबारे छलफल नभएको बताइसकेपछि त्यसलाई सामान्य कूटनीतिक गोपनीयताको आवरणले ढाक्न सकिने ठाउँ पनि रहेन । नेपाल सरकारले यसबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुपर्दछ । यदि विषय उठाइएको थिएन भने किन उठाइएन रु उठाइएको थियो भने भारतीय पक्षले किन छलफल नभएको बतायो रु यी प्रश्नको जवाफ सरकारले तत्काल दिनु बाञ्छनीय हुनेछ । 

सीमा विवाद समाधान गर्ने जिम्मेवारी परराष्ट्र सचिवलाई सुम्पिनु आफैमा गलत भने होइन । कूटनीतिक संयन्त्रको आफ्नै महतव हुन्छ । तर दशकौँदेखि अनिर्णित विवादमा पटकपटक उही निर्देशन दोहो¥याएर मात्रै परिणाम आउँदैन । परराष्ट्र सचिवस्तरीय वार्ता कहिले बस्ने, कुन विवादित क्षेत्रलाई प्राथमिकता दिने र समाधानका लागि कस्तो समयसीमा निर्धारण गर्ने भन्ने स्पष्टता आवश्यक छ । अन्यथा सचिवलाई जिम्मा दिने निर्णय पुरानै प्रतिबद्धताको पुनरावृत्तिमा सीमित हुने कुरा निर्विवाद छ । 

नेपाल–भारत सम्बन्धमा सीमा विवाद र कूटनीतिक विषयसँगै व्यापार सन्धि, बढ्दो व्यापार घाटा, नेपाली उत्पादनको भारतीय बजारमा पहुँच र आयात निर्भरता पनि प्रधानमन्त्रीस्तरीय वार्ताको मुख्य एजेन्डा हुनुपर्ने थियो । तर दुर्भाग्य यी विषयमा कुनै एजेण्डा बन्न सकेनन् । अहिले सार्वजनिक भएका एजेन्डामा व्यापार सन्धि पुनरावलोकन, गैरभन्सार अवरोध हटाउने, भारतीय गुणस्तर प्रमाणपत्र ९बीआईएस० को समस्या समाधान, जुटजन्य वस्तुमा लगाइएको एन्टी डम्पिङ शुल्क पुनरावलोकन र थप समुद्री बन्दरगाह प्रयोगको विषय समेटिएका छन् । यो सकारात्मक भए पनि नेपालले भारतसँगको असमान नीतिका कारण भोग्दै आएको व्यापार घाटादेखि निर्यातमा भएको समस्याबारे प्रष्ट मुद्दा उठान भएनन् । 

नेपालले भारतबाट वस्तु तथा सेवा आयात गर्ने तर त्यसको तुलनामा निर्यात निकै कम गर्ने अवस्था लामो समयदेखि छ । नेपाल राष्ट्र बैङ्कको आर्थिक वर्ष २०८३।०८४ को ५ महिनाको तथ्याङ्कअनुसार निर्यात २ सय ७७ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ भने आयात १८ खर्ब ९४ अर्ब १० करोड रुपैयाँ पुगेको छ । यही अवधिमा व्यापार घाटा १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । निर्यात–आयात अनुपात १४।७ प्रतिशतमा सीमित छ । त्यसैले प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामा नेपाली उत्पादनको बजार सुनिश्चितता, आयात आपूर्ति सुरक्षा, व्यापार घाटा न्यूनीकरण जस्ता विषय जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्ने थियो तर हुन सकेन । 

भारतसँग नेपालको सम्बन्ध व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार र जनस्तरको सम्बन्धका दृष्टिले अत्यन्त महŒवपूर्ण छ । तर असल छिमेकी सम्बन्धको अर्थ आफ्नो राष्ट्रिय हित र भूअखण्डताको प्रश्नलाई ओझेलमा पार्नु हुँदै होइन । विकास सहायता, रेल सेवा, विद्युत् व्यापार र पूर्वाधार सहयोगले दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन सक्छन् । यस विषयमा सम्झौता हुनु सकारात्मक विषय हो । तर ती उपलब्धिले सीमा विवादको समाधानलाई प्रतिस्थापन गर्न सक्दैनन् । नेपालले भारतसँग टकराव खोज्नु पर्दैन, तर आफ्नो दाबी राख्न हिच्किचाउनु पनि हुँदैन । राज्यको नेतृत्वकर्ताले त्यतिको हिम्मत चाहिँ गर्नु पर्दछ । प्रधानमन्त्रीले भारतसँगको सम्बन्ध बिग्रने डरले सीमा मुद्दा पन्छाएको हो भन्ने निष्कर्षमा पुग्न पर्याप्त प्रमाण छैन । तर भ्रमणको सार्वजनिक अभिलेखले नेपालको प्राथमिकता र कूटनीतिक उपलब्धिबारे प्रश्न उठाउने ठाउँ भने दिएको छ ।

राष्ट्रिय सार्वभौमिकता कुनै प्रधानमन्त्रीको व्यक्तिगत राजनीतिक मुद्दा हुँदै होइन । यो सरकार परिवर्तनसँगै फेरिने विषय पनि होइन । हिजो प्रतिपक्षमा हुँदा वा महानगर प्रमुख हुँदा लिपुलेक नेपालको हो भन्ने अडान राख्ने, तत्कालका सरकार प्रमुखलाई सुझाव दिने र आज प्रधानमन्त्री हुँदा त्यसबारे छलफल नै नहुने अवस्था आउनु आफैमा गम्भीर राजनीतिक तथा कूटनीतिक विरोधाभास हो ।

नेपालले भारतसँग मित्रता चाहेको हो, आफ्नो भूभागबारे मौन सहमति पक्कै होइन । प्रधानमन्त्रीको भारत भ्रमणबाट विकास र सहकार्यका केही उपलब्धि हासिल भएका छन्, तर कालापानी, लिपुलेक र लिम्पियाधुराको प्रश्न अझै अनुत्तरित छ । राष्ट्रिय स्वाभिमानको परीक्षा भाषणमा होइन, अवसर आउँदा राष्ट्रिय अडान कति दृढतापूर्वक प्रस्तुत गरिन्छ भन्नेमा हुन्छ ।  राष्टिययताको सवालमा बोल्ने छिमेकी मुलुकसँग नधकाइकन आफ्ना समस्या राख्न सक्ने प्रधानमन्त्री केपी ओली मात्र रहनेछन भन्ने बुझ्न अव नेपाली नागरिकलाई असजिलो भएन । भारतले नाकाबन्दी गर्दा होस् वा नेपाली भूमि प्रयोग गरेर चीन भारत व्यापार सम्झौताको विषय ओली चीन भ्रमण जादा उठाएका थिए । ध्यानाकर्षण गराएका थिए । तर बालेन राष्ट्रियताको मुद्दमा केही बोलेनन् ।  आम नेपाली नागिरकले यस विषयमा चासो व्यक्त गरिरहेका छन् ।  अव यो विषयमा सरकार प्रमुखले आम नागरिकलाई जानकारी गराउन र यथार्थ के हो प्रष्ट पार्न किञ्चित ढिलाइ गर्नु हुँदैन ।