धरान / धरानका जल्दाबल्दा समस्या उठान गदैं राज्यलाई खवरदारी गर्ने सामाजिक अभियन्ता हर्कराज राई(साम्पाङ) मेयर भएपछि पनि उहाँको अभियान जारी छ । धरानेलाई खानेपानी खुवाउने उहाँको चुनावी एजेण्डै थियो । खानेपानी समस्या हल गर्न उहाँ यति बेला केन्द्रीत हुनु भएको छ । 

शुक्रबार र शनिवार उहाँ साथीभाईहरुलाई आव्हान गरेर पानीका लागि श्रमदानमा जुट्नु भएको छ ।  करिब तीन साता अघि जनश्रमदानबाटै धरान–२० नं. वडामा बगने पकुवाको पानी धरानको मुख्य बजारको बस्ती नपजिक ल्याउन सफल हुनु भएको छ ।  

जनताको साथ र समर्थनमा उहाँले श्रमदानबाटै पानी  धरान ११ स्थित सर्दु खोलामा पाइपबाट सोमबार त्यहाँ पुगेको छ । उक्त पानीलाई नजिकको ट्याङकीमा जोडे पछि धरानेहरुको घर घरमा पुग्ने छ । मेयर साम्पाङले फेसबुकमा सार्वजनिक आवहान गरे पछि त्यहाँ आवशयक पाइप विदेशमा बस्नेहरुले सहयोग गरे । कामका लागि स्थानीयहरुले श्रमदान गरेका छन् ।   उपमहानगरको शुन्य लगानीमा पानी बस्ती नपजक आएको छ । नेतृत्वले चाहे जे पनि गर्न सकिन्छ भन्ने उदाहरण साम्पाङले प्रस्तुत गर्नु भएको छ । उहाँ धरानलाई विकासको मोडेल बनाउने योजनामा हुनु हुन्छ ।