Bijaypur Khabar
  • होम पेज
  • निर्वाचन विशेष
  • कृषी
  • समाचार
  • विकास / निर्माण
  • सम्पादकीय
  • व्यक्त्तित्व
  • पर्यटन/खेलकुद
  • स्वास्थ्य
  • विज्ञान
  • थप
    • विचार/ब्लग
    • साहित्य / मनाेरञ्जन
    • हाम्राे पालिका
    • अन्तरवार्ता
    • फिचर
    • देश बाहिर
    • पत्रपत्रिकाबाट
    • फोटो कथा
  • ई-पेपर
  • होम पेज
  • निर्वाचन विशेष
  • कृषी
  • समाचार
  • विकास / निर्माण
  • सम्पादकीय
  • व्यक्त्तित्व
  • पर्यटन/खेलकुद
  • स्वास्थ्य
  • विज्ञान
  • थप
    • विचार/ब्लग
    • साहित्य / मनाेरञ्जन
    • हाम्राे पालिका
    • अन्तरवार्ता
    • फिचर
    • देश बाहिर
    • पत्रपत्रिकाबाट
    • फोटो कथा
X

बैंक तथा वित्तीय संस्थामा ब्याजदर बढ्दा व्यवसायी मारमा

Gravatar 250 विजयपुर खवर संवाददाता
  • असोज १२, २०७९
  • २१६ पटक पढिएको
216 Shares
alt

काठमाडौं / बैंक तथा वित्तीय संस्थामा ब्याजदर बढाउँदा व्यवसायी मारमा परेका छन् । नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँले आज यहाँ आयोजना गरेको ‘वित्तीय समस्या र समाधान’ विषयक अन्तक्र्रियामा व्यवसायीले ब्याजदर बढ्दा उद्योगी व्यवसायी गम्भीर समस्यामा परेको बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले बैंकले ब्याजदरबारे सोच्नुपर्ने बेला आएको बताउनुभयो । “बैंकले नाफा खानका लागि ब्याजदर बढाउँदा व्यवसायी मारमा परेका छन्”, उहाँले भन्नुभयो । उहाँले ३० वर्षमा कहिल्यै भोग्नु नपरेको वित्तीय समस्या अहिले आएर भोग्नुपरेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले व्याजदर सात प्रतिशतबाट बढाएर १४ प्रतिशत बनाउँदा व्यवसायी अफ्ठ्यारोमा परेको बताउनुभयो । “बैंकलाई ब्याजदर बढाउन राष्ट्र बैंकले स्वीकृत दियो, यसबाट व्यवसायी मारमा परे”, उहाँले भन्नुभयो । ब्याजदरमा बैंकले ठगी गरेको उहाँको आरोप छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ काठमाडौँका उपाध्यक्ष हेमराज ढकालले उत्पादन बढाएर आयत प्रतिस्थापन गर्न सकेमात्र देशको अर्थतन्त्र संकटमा केही हदसम्म कमी आउने बताउनुभयो । राष्ट्र बैंक र अर्थ मन्त्रालय आआफ्नो ढङ्गले सञ्चालन हुँदा समस्या परेको उहाँको भनाइ थियो । बैंकर्स सङ्घका अध्यक्ष अनिल उपाध्यायले महङ्गी र व्यवसायीलाई असर नपर्ने गरी ब्याजदर बढाइएको बताउनुभयो । “बैंकिङ क्षेत्र जोगाउन ब्याजदर बढाएका हौँ, बैंक क्षेत्र डुब्यो भने मुलुकको अर्थ व्यवस्थामा गम्भीर सङ्कट पर्छ”, उहाँले भन्नुभयो ।
नेपाल राष्ट्र बैंकका निर्देशक ईश्वरीप्रसाद भट्टराईले नेपालमात्र नभई विश्वकै अर्थतन्त्र समस्यामा परेको बताउनुभयो । “अर्थतन्त्रको समस्या क्षणिक हो, यो विस्तारै सुधार हुँदै जान्छ”, उहाँले भन्नुभयो । सम्झौताभन्दा बढी ब्याजदर लिने बैंकलाई राष्ट्र बैंकले ‘एक्सन’ लिने उहाँको भनाइ थियो ।

सम्बन्धित समाचार
बिराटचोकमा रोजगारदाता एजेन्सी संचालनमा बिराटचोकमा रोजगारदाता एजेन्सी संचालनमा
 बाढीपीडितका लागि जनता मावि इटहरीकाे एक  लाख ४० हजार सहयोग बाढीपीडितका लागि जनता मावि इटहरीकाे एक लाख ४० हजार सहयोग
यातायात श्रमिकको खोजी तथा राहतका लागि   विपद् व्यवस्थापन तथा उद्धार समिति गठन यातायात श्रमिकको खोजी तथा राहतका लागि विपद् व्यवस्थापन तथा उद्धार समिति गठन
  • भर्खरै
  • लाेकप्रिय
बिराटचोकमा रोजगारदाता एजेन्सी संचालनमा
बाढीपीडितका लागि जनता मावि इटहरीकाे एक लाख ४० हजार सहयोग
यातायात श्रमिकको खोजी तथा राहतका लागि विपद् व्यवस्थापन तथा उद्धार समिति गठन
व्रिटिस गाेरखा एक्स सर्भिसम्यानकाे ३१ ओैं बार्षिक उत्सव
गृहमन्त्री सुधन गुरुङको फिल्ड सक्रियता: संकटमा देखिएको सरकारको अनुहार
भोटेकोशीमा बाढीको जोखिम कायमै
विपत्तिपछि सोच्नुपर्ने पुनर्वासको बाटो
भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला
विपदमा सञ्चारको महत्व
आफ्नो सुविधा छाडेर एम्बुलेन्स किन्ने यि गाउँपालिका प्रमुख
वडा र वडावासी बदल्ने धरानका कान्छा वडाध्यक्षको सपना
आफ्नो तलव सामाजिक काममा खर्च गर्ने वडा अध्यक्ष
अधुरा काम पुरा गर्न मेरो उम्मेद्वारी – कृष्ण भट्टराई
जोगमनी–धरान छ लेन सडकः धरान विच बजारबाटै जाने
धन्यवाद कम्युनिष्ट सरकार ! मासिक एक सयबाट सुरु गरेको बृद्धभत्ता अब मासिक ३ हजार 
एक महिनामा २३८ फरार अभियुक्तहरु पक्राउ, टोले दादा , गुण्डाहरुको भागाभाग
धरानमा कालो ढुस्सी सङक्रमण भएको विरामी भेटिए
विदेश अध्ययनमा जानका लागि पुल बन्दैं धरानको इडेन एकेडेमी
Bijaypur Khabar
Bijaypur Khabar

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा

Copyright © 2019 / 2026 - Bijaypur Khabar All rights reserved

  • नेपाली बाट युनिकोड
  • युनिकोड बाट नेपाली
  • Website By : Hash Tech Logic