धरान / मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिनु भएका धरानका पूर्वमेयर मनोजकुमार मेन्याङ्बोले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्नु भएको छ ।
बुधबार बराहक्षेत्र नगरपालिका स्थित कालाबञ्जरमा चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्नु भएको हो । उहाँले कांग्रेस र एमालेका शीर्ष नेता, प्रधानमन्त्री र मन्त्रीहरुको धरानप्रतिको गिद्देदृष्टिको कारण नै एयरपोर्ट बन्ने नसकेको बताउनु भएको छ । अब जनतालाई ढाटेर नहुने भन्दै धरानमा एयरपोर्ट नबन्ने पनि बताउनु भयो । ‘एयरपोर्ट बनाउछौं भनेर कतिपय उम्मेद्वारहरुले जनतालाई आाखामा छारो हाली रहेका छन् । यो भनेको जनतालाई ठगीखाने मेलो मात्र हो, धरानमा बन्दैन ।’–उहाँले भन्नु भयो ।
धरानको खानेपानीको समस्या समाधान गर्न धरान लेउती सुरुङ मार्ग परियोजना उपयुक्त हुने उहाँले प्रतिवद्धता पत्रमा उल्लेख गर्नु भएको छ । राजनीतिक दलहरुले सुकुम्बासी समस्यालाई चुनावी मुद्दा मात्र बनाइरहने भन्दै उहाँले अब स्थायी समाधान गर्नुपर्ने पनि बताउनु भयो । आफु एमालेमा नफर्कने र स्वतन्त्र रुपमा नै रहने पनि मेन्याङ्बोको भनाई थियो । निर्वाचनमा आफ्नो प्रतिस्पर्धी नै नरहेको दाबी गरेका उहाँले पहिलो र दोस्रो स्थान पनि स्वतन्त्र आउन सक्ने दावी गर्नु भएको छ ।
उहाँले वीपी प्रतिष्ठानलाई नेपालकै उत्कृष्ट शिक्षण अस्पतालकोरुपमा शाख फर्काउने, यो क्षेत्रलाई शिक्षाको केन्द्रकोरुपमा विकास गर्ने, गुमेको व्यापार व्यवसायलाई पुर्नजागृत गर्ने, यातायात क्षेत्रको सुदृढीकरण तथा विकासमा जोड दिने, खेलकुदको राजधानीकोरुपमा विकास गर्न गुरुयोजना बनाउने, युवा स्वरोजगार कार्यक्रम लागु गर्नेलगायत उहाँको प्रतिवद्धता पत्रमा उल्लेख छ ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!