माेरङ / नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत सुन्दरहरैचा ४ को वडा कमिटीले पार्टी सदस्यहरुलाई क्षमता अभिवृद्धि तथा नेतृत्व विकासका लागि तालिमको आयोजना गर्ने भएको छ ।
शनिबार दुलारीमा बसेको वडाकमिटीको योजना तर्जुमा बैठकले चैत २३ गतेदेखि तीन दिनसम्म तालिम संचालन गर्ने निर्णय गरेको हो । उक्त बैठकमा प्रमुख आतिथि नेकपा एमालेका केन्द्रिय विभाग सदस्य बद्री अर्यालले पार्टीका प्रत्येक सदस्यहरुलार्इ नेतृत्वदायी भुमिका निर्वाह गर्ने उदेश्यका साथ तालिम दिन लागेको बताउनु भयो ।
तालिममा पार्टीको सैद्धान्तिक ज्ञानकोबारेमा प्राक्टिकल गराई प्रतिबद्द नेता कार्यकर्ता उत्पादन हुने कुरा अर्यालले बताउनु भयो । ४ न वडाका अभियन्तासमेत रहनु भएको अर्यालले अभियानलाई सफल बनाउन खटिनु भएका नगरका सम्मुर्ण नेता कार्यकर्ताको पार्टीले उच्च मुल्याङ्कन गर्दै नगर कमिटीले पुस्तकसमेत प्रकाशन गर्न सुझाव दिने बताउनु भयो ।
बैठकले वडाका ११ वटा टोल कमिटी २६ गते भित्र सम्पन्न गर्ने, जेष्ठ नागरिकलगायत विभिन्न विधाका ब्यक्तिहरुलाई सम्मान गरिने, भएको छ । यही चैत २७ गते भित्रमा वडा अधिवेशन सम्पन्न गर्ने निर्णय समेत बैठकले गरेको छ ।
वडा कमिटीका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पार्टी जिल्ला कमिटी सदस्य अम्बिका दाहाल,,नगर कमिटी सचिव सन्तोष घिमिरे,नगर कमिटी सचिवालय सदस्य तथा वडा इञ्चार्ज शम्भु धमलाले मिसन ग्रासरुट अभियानको बारेमा मन्तब्य राख्नु भएको थियो । वडा कमिटीका सचिव सागर जमर कट्टेलले कार्यक्रम संचालन गर्नु भएको थियो ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!