धरान ।नेकपा एमाले धरान उपमहानगर कमिटीका नव निर्वाचित पदाधिकारीलाई विहीबार वधाई शुभकामना सहित सम्मान गरिएको छ ।
नेकपा एमालको प्रदेश कमिटी सदस्य एवम् तिम्सिना खाजा पसलका सन्चालक मोतीराज सुनुवारले कोशी प्रदेशका प्रदेश सभा सदस्यहरु,प्रदेश कमिटी सदस्यहरु जिल्ला कमिटी सदस्यहरु,जनप्रतिनिधी लगायतको उपस्थितीमा नव निर्वाचित कमिटीलाई बधाई तथा शुभकामना ज्ञापन गर्नु भएको हो ।
कार्यक्रममा सुनुवारले नव निर्वाचित पदाधिकारीलाई शुभकामना सहित खादा लगाइदिएर सम्मान गर्नु भएको थियो । उहाँले भन्नु भयो,‘पार्टीलाई एकतावद्ध भएर पार्टीभित्रको मन मुटाब र असन्तुष्टिहरुलाई समेत आपसी एकता र सद्भावद्धारा पार्टी मजवुद वनाउनु पर्छ,त्यो जिम्मेवारी नव निर्वाचित पदाधिकारीको काँधमा छ,नेता र कार्यकर्ता एक भई धरानको विकास र समृद्धिको लागि महत्वपूर्ण भुमिका निर्वाह गर्नु पर्छ।’
बधाई तथा शुभकामना कार्यक्रममा नव निर्वाचित अध्यक्ष हर्कजंङ एभेङले पार्टी नेतृत्वले पार्टीलाई मजवुद बनाउनको लागि नयाँ ढंगले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले भन्न्ु भयो,‘पार्टीको गतिविधी गाउँ,टोल,बस्ती सहित घर–घरमा गएर विशेष अभियान सन्चालन गर्ने र पार्टीलाई थप मजवुद वनाउने छौं ।’
कार्यक्रममा तत्कालिन १ नम्बर प्रदेश सभा सभामुख प्रदीप भण्डारी,कोशी प्रदेश सभासद विजय कुमार राई,यसोदा कायस्थ,नेकपा एमाले प्रदेश कमिटी सदस्यहरु प्रकाश राई,राम आम्वुहाङ,शुशिला पहाडी,नविन राई,खम्वासिंह गुरुङ,सुरज चाम्लिङ,नुलम राई,सुर्य पन्धाक,डम्बर गुरुङ,डा.भोला पोख्रेल,दोर्पध्वज राई,मुक्तिनाथ गिरी,लहुरमाया जिमी,मणिराम राई,नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम् धरान उपमहानगर इन्चार्ज नारायण सुवेदी लगायतले नव निर्वाचित पदाधिकारीलाई वधाई तथा शुभकामना दिनु भयो ।
कार्यक्रममा तत्कालिन धरान नगरपालिकाका मेयर मनोज मेन्याङ्बो र ब्लाष्ट टाइम्स धरानका सम्पादक एव्म प्रवन्ध निर्देशक किसोर कुमार कार्की,धरान वडा नम्बर ९ का पुर्व वडाध्यक्ष रत्न बहादुर कटवालको समेत उपस्थिती रहेको थियो ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!