मोरंग ।कोशी प्रदेश सरकारले आज (वुधबार ) नयाँ आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ ।
अल्पमतमा परेको सरकारले अध्यादेश मार्फत २०८० र ८१ को लागि नयाँ नीति तथा कार्यक्रम दिउँसो १ वजे प्रदेश सभा भवनमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
हिजो बसेको मन्त्रीपरिषदको बैठकले नीति तथा कार्यक्रम चालु अधिवेशन आज १ बजे सम्बोधन गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको सरकार प्रवक्ता भक्ति सिटौलालेवताउनु भयो । प्रदेश सरकारले यसअघि नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको थियो ।
जेठ २४ गते नीति तथा कार्यक्रम सदनमा पेश गर्ने तयारी गरिएको बेलामा मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले जेठ २३ मा फिर्ता लिएको थियो भने माओवादीले समर्थन फिर्ता लिएसँगै अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा स्थगित भएको हाे ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!