- बिकास चाम्लिङ राई
धरान । बास्केटवल ट्यालेन्ट हन्टका खेलाडि विद्यार्थीहरुले शुक्रवार धरान –१७ मा रहेको साकेला साँस्कृतिक पार्कमा श्रमदान गरेका छन ।
धरान बास्केटवल संघले सामाजिक कार्य व्यवहारिक रुपमा वुझाउनका लागि श्रमदानमा लगेका हुन । किरात राई यायोक्खा, सुनसरी द्धारा एक महिना देखि साकेला सास्कृतिक पार्क मर्मतसंभार तथा श्रृगारिने कार्य भइरहेको छ । हरेक वर्ष किरातिहरुको महान चाड उधौलि र उभौलि मनाइने पार्कमा चिल्ड्ेन पार्क निर्माण, विभिन्न सास्कृतिक तथा फलफुलका विरुवा रोप्ने, सरसफाई, रंगरोगन गर्ने जस्ता कार्यहरु भइरहेको छ । शुक्रवार डेढ दर्जन बास्केटवल खेलाडिहरुले चिल्ड्रेन पार्कमा झार विछ्याउने कार्यमा सहयोग गरेका थिए ।
राम्रो खेलेर मात्र हुदैन खेलाडिहरु फिट संगै अनुशासित र सहयोगि पनि हुनु पर्छ । यहि कुरो व्यावहारिक रुपमा सिकाउनलाई सामाजिक कार्यमा सहभागि गराइएको सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिले बताउनु भयो । बास्केटवल खेलाडिले तिन घण्टा श्रमदान गरेका छन । सहयोगका लागि आएका खेलाडीहरुलाई किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले धन्यवाद दिनु भयो ।
साकेला पार्कमा रहेको १५ फिटको किरात राजा यलम्वरको प्रतिमा, वाबु पोखरि, पोखरिका रंगिन माछा, चिल्ड्रेन पार्क, गार्डन, किरात संस्कृति झल्किने आकर्षक प्रवेश द्धार, सभा हल, कार्यक्रम स्टेज, पिकनिक खान तथा घुम्न आउनेहरुको लागि वस्ने हटहरु, व्यवस्थित टोइलेट वाथरुम, खानेपानी र विभिन्न प्रजातिका वोट विरुवाहरुले सास्कृतिक साकेला पार्कलाई आर्कषक वनाएको छ ।



















