धरान । धरान उपमहानगरपालिका भित्र यस्तो टोल विकास संस्था रहेको छ ,जुन टोल विकास संस्थाले आफ्नो टोलको विकास गर्नको लागि आफैं लगानी जुटाउँछन् र टोलवासी आफैं मिलेर काम गर्दै आइरहेका छन् ।

सडक मर्मत संभार र खाल्डा खुल्डी टालटुल गर्नेदेखि टोल सुरक्षाको निम्ति सिसि क्यामेरा जडान, टोललाई सुन्दरता वनाउनको लागि सडक आसपासमा गमल सहित फूल रोप्ने र अन्य सरसफाईका कामहरुमा निकै तल्लिन रहेको छ ,धरान १५ स्थित दशरथ पथ टोल बिकास संस्था । यो टोल विकास संस्थामा १ सय घर धुरी रहेको छ ।
टोलको विकासको लागि सरकारले देला र गरौंला भन्ने मानसिकता त्यागेर आफैंले पनि गाउ ठाउँको विकास गर्नु पर्छ भन्ने मान्यतामा रहेको छ । हरेक समय टोल सुधार र विकासको लागि काम वर्षौदेखि आइरहेको छ तर चर्चा परिचर्चा मात्रै आउन नसकेको हो ।

चाडबाडको समय नजिकिँरहँदा भखरै मात्रै दशरपथ टोल विकास संस्थामा आवद्ध टोलवासीहरु हातमा वेल्चा सहित सडकको खाल्डा खुल्डीलाई मर्मत संहार आफैंले गरेको उक्त टोल विकास संस्थाका निवर्तमान अध्यक्ष नवीन मेन्याङ्बोले वताउनु भयो ।
उहाँका अनुसार हरेक वर्ष सडकको अवस्थालाई हेरेर टोलवासीबाटै सहयोग जुटाएर सामाजिक काममा अग्रसर रहेको वताइएको छ । यो वर्ष पनि दशै तिहारलाई लक्षित गरेर झण्डै एक किलोमीटर सडकलाई मर्मम सम्हार गरेको मेन्याङ्बोले वताउनु भएको छ ।
उहाँले भन्नु भयो ,‘ धरान – ८ बरगाछीदेखि उत्तर धरान – १५ को दशरथ पथ हुँदै बुढासुब्बा चौकका लगभग १ किलोमीटर सडकको दुरअवस्था रहेकोले खाल्डा खुल्डी पुर्ने काम सम्पन्न गरेका छौं,त्यो पनि टोलवासी आफैंले कसैले सिमेण्ट सौजन्य र अन्य सामाग्रीहरु टोलवासीले नै जुटाएर सामाजिक काम गरेका होै,सानो तिनो कामको लागि पनि किन सरकारलाई नै गुहार्ने त , हामी आफैंले इच्छा शक्तिm भएको खण्डमा गर्न सक्छौ भन्ने उदाहरण हो।ľ
टिएलओका अध्यक्ष सन्तोष खतिवडाका अनुसार सडक मर्मत संभार गर्नको निम्ति टोलबासी आफैंले जनश्रमदान गरेको वताउनु भएको छ । उहाँका अनुसार यस अघि पनि टोल विकास संस्थाले नियमित रुपमा सामाजिक काम आफैंले गर्दै आएकाले त्यसैको निरन्तरता स्वरुपमा यसपाली पनि सडक मर्मत कार्य सम्पन्न गरेको हो ।
टोलको सुरक्षाको लागि सिसि क्यामेरा र कन्भेक्स मिरर
दशरथ पथ टोल विकास संस्थाले आफ्नो टोलमा शान्ति सुरक्षा र सडक सुरक्षाको निम्ति सिसि क्यामेरा र सडकमा कन्भेक्स मिरर पनि जडान गरेको छ ।
उक्त कार्य तत्कालिन अध्यक्ष नविन मेन्याङ्बोको नेतृत्वमा ४ लाख बराबरको १२ वटा सिसी क्यामेरा र ३ वटा कन्भेक्स मिरर राखिएको छ । सिसी क्यामेरा संगै सवारी दुर्घटना न्युनिकरणको लागी मितेरी फुटसल धरान ११ को सहयोगमा तीन ओटा कन्भेक्स मिरर पनि राखिएको हो ।
कन्भेक्स मिरर , चिल्ड्रेन्स एकेडेमी छेउ , देवकोटा चौक र दशरथ पथ प्रबेश मार्गमा राखेर सरकारले गर्ने काम टोल विकास संस्था आफैंले गरेको छ ।
टोलको हरेक सामाजिक कार्यको निम्ति उक्त टोल विकास संस्थाले सके सम्म आफैं नै काम गरेकोले पनि धरान उपहानगरभित्रको टोल विकास संस्था मध्ये दशरथ पथ टोल विकास स्ांस्था नमुना र उदारणीय वन्दै गइरहेको टोलवासीहरु वताउँछन् ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!