धरान । डिपो स्कुलको अयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको सहयोगमा तेस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कप यही भदाैं २७ गतेदेखि हुने भएकाे छ ।
प्रतियोगीताबारे त्तयाेजकले आइतवार डिपो स्कुलको कार्यक्रम हलमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएकाे छ । विद्यालय स्तरिय खुल्ला प्रतियोगितामा १६ वटा विद्यालयले सहभागिता जनाउने आयोजक डिपो आदर्श वहुमुखि क्याम्पस प्रमुख राजकुमार राईले जानकारी दिनु भयाे ।
प्रतियोगितामा कक्षा १० सम्मका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउनेछ । प्रतियोगिताका विजेता टिमले नगद १५ हजार रुपैया, उपविजेताले नगद ७ हजार ५ सय रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर (एमभिपि) र हाइ स्कोर उपाधि विजेताले ट्रफि र मेडल प्राप्त गर्नेछ ।
डिपो स्कुललाई यहासम्म ल्याइपुर्याउन लामो समय सम्म महत्वपुर्ण योगदान दिनु भएका दिवंगत मेजर श्रवणकुमार लिम्वुको सम्मानमा विगत दुई वर्ष देखि विद्यालय स्तरिय बास्केटवल प्रतियोगिताको आयोजनाको सुरुवात गरिएको डिपो स्कुल व्यवस्थापन समिति सदस्य सूर्य पन्धाक लिम्वुले स्वागत मन्तव्यको क्रममा जानकारी गराउनु भयाे । प्रतियोगिता आयोजनाका लागि डिपो स्कुल र दिवंगत मेजर श्रवणकुमार लिम्वुको परिवार विच सहकार्य रहेको सदस्य पन्धाकले वताउनु भयाे । उहाँलेले भन्नु भयाे, मेजर श्रवणकुमारले डिपो स्कुल व्यवस्थापन समिति वरिष्ठ सल्लाहकारको रुपमा १५ वर्ष, डिपो सार्वजनिक शैक्षिक गुठि व्यवस्थापन समिति अध्यक्ष १९ वर्ष र व्यवस्थापन समितिको अध्यक्षमा १६ वर्ष लामो समय नेतृत्वमा रहि डिपो स्कुल विकासमा अतुलनिय योगदान दिनुभएको छ । उहाँकै पालामा डिपो स्कुलमा प्लस टु र व्याचलर लेवल अध्यपन सुरु भएका थियो । उहाँको कोरोना महामारिको कारण २०७८ साल श्रावण १५ गते निधन भएकाे थियाे ।
पत्रकार सम्मेलनमा आयोजक डिपो आर्दश वहुमुखि क्याम्पसका प्रमुख राजकुमार राईले प्रतियोगिताको वारेमा प्रकाश पार्नु भयाे । प्रतियोगिताको सम्पुर्ण खेल धरान १८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा सम्पन्न हुनेछ । प्रतियोगितामा सहभागिताका लागि अन्तिम मिति भदौ २४ सम्म रहेको र खेल तालिका भदौ २५ गते तयार गरिने आयोजकले जानकारी गराए ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!