विराटचाेक । मोरङको सुन्दरहरैँचामा ४ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ। सुन्दरहरैँचा नगरपालिकाको सहयोग र सगरमाथा स्किल एण्ड कम्युनिकेशन सेन्टर प्रा. लि. को आयोजनामा भएको तालिम सोमवार सम्पन्न भएको हो । सुन्दरहरैँचा १२ स्थित सिद्धेश्वर मन्दिरको सभाहलमा भदौ २८ गते देखि सुरु भएको तालिममा नगरका २५ जनाले तालिम लिएको सगरमाथा स्किल एण्ड कम्युनिकेशन सेन्टरका अध्यक्ष बद्री अर्यालले जानकारी दिनु भयाे । प्रत्येक वडाको एकएक सत्यतथ्य खबर सुन्दरहरैँचाभरीका जनताहरुले थाहा पाउन सकुन् भन्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको संस्थाका अध्यक्ष अर्यालले बताउनु भयाे । उक्त तालिमको समापन कार्यक्रममा बोल्दै मेयर केदारप्रसाद गुरागाईंले सुन्दरहरैँचा कै हकमा नगपालिकाको सहयोगमा पहिलो पटक पत्रकारिता तालिम प्रदान गरिएको कुरा व्यक्त गर्नु भयाे । उहाँले हचुवाको तालमा मोवाइल फोनको दुरुपयोग गरेर फोटो तथा स्टाटस पोस्ट गर्नु भन्दा यसरी नै पत्रकारीताको ज्ञान लिएर सहि तरिकाले सदुपयोग गर्न सके जनप्रतिनिधिलगायत जनताहरुलाई सचेत बनाउन् सकिने कुरामा जोड दिनु भयाे ।
मेयर गुरागाईंले प्रशिक्षार्थी पत्रकारहरुलाई तालिममा लिएको ज्ञानलाई व्यावहारमा उतार्न पनि अनुरोध गर्नु भयाे ।
चौथो दिनको तालिम चलिरहेको अवसरमा नेकपा एमालेका केन्द्रीय सल्हाकार विनोद ढकालले प्रशिक्षार्थीहरुलाई हौसला प्रदान गर्दै शुभकामना दिनु भयाे ।
उक्त तालिमको पहिलो दिन नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष महेन्द्र विष्ट, दोस्रो दिन नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सचिव देवेन्द्र कार्की, तेस्रो दिन पत्रकार महासंघ मोरङका सचिव नेत्र पी. अधिकारी र चौथो दिनमा वरिष्ठ पत्रकार यज्ञ शर्माले सहजिकरण गर्नु भयाे । तालिममा पत्रकारिता संगै उदघोषण गर्न पनि सिकाइएको थियो ।
तालिमका सहभागीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मेयर केदारप्रसाद गुरागाईं, विशिष्ठ अतिथि नगरपालिका प्रवक्ता रोशनप्रसाद ढकाल, प्रमुख प्रशिक्षक तथा वरिष्ठ पत्रकार यज्ञ शर्मा, पुराना पत्रकार तथा नेकपा एमाले मोरङका प्रचार विभाग प्रमुख सन्तोष वान्तवा, सुन्दरहरैँचा-९ की जनप्रतिनिधि शारदा गदाइलीको हातबाट प्रमाण पत्र वितरण गरिएको संस्थाका प्रवन्ध निर्देशक करण चौहानले जानकारी दिनु भयाे ।
संस्थाका अध्यक्ष बद्री आर्यालको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रमलाइ प्रशिक्षार्थीहरुले संचालन गरेका थिए । जसमा प्रशिक्षार्थी सिता दाहाल बुढाथोकीले स्वागत मन्तव्य गरेकी थिइन् भने ज्ञानेन्द्र अधिकारीले कार्यक्रम संचालन गर्नु भयाे ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!